Oct 02 2026 | २०८३, आश्विन १६ गते

साताैँ ह्वाइटफिल्ड उपत्यका व्यापि बिज्ञान हाजिरी जवाफ प्रतियोगिता मंसिर १४ र १५ गते हुने।

साताैँ ह्वाइटफिल्ड उपत्यका व्यापि बिज्ञान हाजिरी जवाफ प्रतियोगिता मंसिर १४ र १५ गते हुने।

  • 450
    SHARES

  • साताैँ ह्वाइटफिल्ड उपत्यका व्यापि बिज्ञान हाजिरी जवाफ प्रतियोगिता मंसिर १४ र १५ गते हुने।

    १२, मंसिर/ काठमाडौँ । काठमाडौँको नयाँबजारस्थित ह्वाइटफिल्ड स्कुलको आयोजनामा सातौं ह्वाइटफिल्ड अन्तर–विद्यालय उपत्यका व्यापी बिज्ञान क्विज कन्टेस्ट -  (हाजिरजवाफ प्रतियोगिता) - २०८२ आगामी मंसिर १४ र १५ गते हुने भएको छ। काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाबाट जम्मा ३५ टिम सहभागी हुने आयोजक विद्यालयले जनाएको छ।

    GRAND OPENING.jpg

    उक्त प्रतियोगिता ह्वाइटफिल्ड स्कुलले २०७१ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको छ। यस वर्षको संस्करणमा विजेता विद्यार्थीहरु समूह  प्रथम, द्वितीय र तृतीय स्थानका लागि क्रमशः रु १५ हजार, रु १० हजार र रु ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ। 

    प्रतियोगिताको उद्घाटन तथा अतिथि सम्बोधनका लागि नास्ट (NAST) का सचिव डा. रबिन्द्र प्रसाद ढकाल उपस्थित रहनेछन्। भने पुरस्कार वितरण समारोह प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकृतको प्रमुख आतिथ्यतामा सम्पन्न हुने विद्यालयले जनाएको छ।

    अन्तर–विद्यालय स्तरमा आयोजना हुने क्विज कन्टेस्ट (हाजिरजवाफ प्रतियोगिता) ले विद्यार्थीहरूको बौद्धिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने आयोजकले  बताएको छ। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान विस्तारसँगै तीव्र सोच क्षमता, विश्लेषण गर्ने सीप र टोलीमा काम गर्ने संस्कार विकास हुने गर्दछ।

    विद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्दै आएका क्विज प्रतियोगिताले विद्यार्थीहरूलाई कक्षा कोठाभन्दा बाहिरको सिकाइमा सक्रिय बनाउने, नयाँ–नयाँ विषय अध्ययन गर्न प्रेरणा दिने र आधुनिक शिक्षण–सिकाइ अध्यापन प्रक्रियालाई अझ प्रभावकारी बनाउने उल्लेख गरिएको छ।

    IMG-a24188f1fd42ae3c5b4eee32d32b406d-V.jpg

    images
    शुक्रवार, मंसिर १३ २०८२०८:१८:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार