Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरुको अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरुको अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी

  • 500
    SHARES

  • विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरुको अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने केही पालिकाहरुको अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी दिएला छन्। मन्त्री पुनले सामाजिक सञ्चालमा लेख्दै यस्तो चेतावनी दिएका हुन्।

    मन्त्री पुनका अनुसार विद्यालय व्यवस्थापन समिति (SMC) गठन नगर्ने पालिकाहरुलाई नियमानुसार तुरुन्त समिति गठन गर्न निर्देशन दिएका छन। साथै, तोकिएको समयभित्र समिति गठन गरी विवरण पठाउन पनिर्देशन दिएका छन्।

    ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ ।  अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ मन्त्री पुनले भनेका छन्।

    images
    बुधवार, मंसिर १८ २०८२१०:२७:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार