Aug 13 2026 | २०८३, श्रावण २८ गते

आठौं केसिसिएस स्पोर्ट्स मिट शुरु

आठौं केसिसिएस स्पोर्ट्स मिट शुरु

  • 318
    SHARES

  • आठौं केसिसिएस स्पोर्ट्स मिट शुरु

    २५, मंसिर/ काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटक आठौं (केसिसिएस) स्पोर्ट्स मिट शुरु भएको छ। बिहिवार कलेज कलेज परिसरमा बिशेष मार्चपास सहित एक भब्य कार्यक्रमवीच स्पोर्ट्स मिट- २०८२ शुरु हो।

    IMG-20251211-WA0108.jpg

    खेलकुद समारोहमा काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटका अध्यक्ष धरमदेव यादवको सभापतित्वमा प्रमुख अतिथि वडा १३ का कार्यबाहक अध्यक्ष तथा वडा सदस्य रामबाबु कोइराला सहभागी हुनुभयो।

    खेल उद्घाटन समारोहमा कक्षा +२ प्रिन्सिपल राजन श्रेष्ठले स्वागत मन्तव्य दिनुभयो। खेलले शारीरिक, मानसिक तथा बौद्धिक बिकासका अत्यन्तै जरुरी रहेको बताउनुभयो। साथै खेलले नेपालिहरुलाई एक ठाउमा बाँध्ने र देशभक्तिपुर्ण भावना जागृत गर्ने माध्यम बनेको बताउनुभयो। साथै विद्यार्थीहरु बिच हुने स्वस्थ प्रतिस्पर्धा प्रतिस्पर्धाले खेल अनुशासन कायम श्रेष्ठको भनाइ छ।

    IMG-20251211-WA0089.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा १३ का सदस्य तथा कार्यवाहक अध्यक्ष रामबाबु कोइरालाले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले विद्यार्थीहरुले खेलको नियम पालाना गर्दै अनुशासित भएर खेल्न सुझाव दिनुभयो ।

    उक्त कार्यक्रममा बोल्दै एकेडमी डाइरेक्टर टंक गैरेले बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि भएकोले खेलका माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक बिकास तीब्र हुने बताउनुभयो। गैरेले खेलले असल नागरिक उत्पादन गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । विद्यार्थीहरुले सु-संस्कृत र अनुशासन पुर्वक अगाडि बढाउने बिश्वास लिएको बताउनुभयो। गैरेले विद्यार्थीलाई खेल अनुशासन कायम गरि खेल्न शुभकामना दिनुभयो।

    IMG-20251211-WA0093.jpg

    उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक गायन, नृत्य तथा कराते खेल प्रदर्शन गरेका थिए। स्पोर्ट्स मिटमा बास्केटबल, म्याराथन, ब्याडमिन्टन, डोरि तन्ने, क्रीकेट, भलिबल, चेस, कबर्ड्डी, फूटसल, लमजङ, हाइजम्प, लगाएत १८ भन्दा बढी खेल खेलाइने छ। 

    images
    शुक्रवार, मंसिर २७ २०८२०८:१९:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार