Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्याब्सन मध्यक्षेत्रीय समितिद्वारा एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्याब्सन मध्यक्षेत्रीय समितिद्वारा एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • 929
    SHARES

  • प्याब्सन मध्यक्षेत्रीय समितिद्वारा एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौँ — प्याब्सन मध्य क्षेत्रीय समितिद्वारा एसईई २०८२ मा सहभागी हुने विद्यार्थीको लागि आयोजित एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्याङ्केटमा एसईई सम्मान कार्यक्रम सम्पन्न भएको हो।

    FB_IMG_1766242988340.jpg

    कार्यक्रममा जिल्ला प्याब्सन काठमाडौँका अध्यक्ष नवराज भट्ट प्रमुख अतिथि रहनुभएको थियो। उक्त कार्यक्रममा जिल्ला प्याब्सन काठमाडौँका उपाध्यक्ष तथा तालिम विभाग प्रमुख श्री सूर्यबहादुर के.सी., उपाध्यक्ष आर. बी. अधिकारी, प्याब्सन काठमाडौँ महानगरका अध्यक्ष गगनसिंह ऐर, सहसचिव एवं प्याब्सन मध्य क्षेत्रीय समितिका प्रमुख सल्लाहकार  दिनेश कुमार पाण्डे, वरिष्ठ सल्लाहकार ईश्वर पुडासैनी तथा उपाध्यक्ष तेज श्रेष्ठ, विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

    FB_IMG_1766243777316.jpg

    यतिबेला विद्यार्थीहरु विद्यार्थीहरु बिशेषगरि परिक्षामा के आउँछ र कसरी लेख्ने भन्ने विषयमा चिन्तित हुन्छन् । अनेक विषयहरु मनमा उब्जाएर परिक्षाको तयारीमा जुटेका विद्यार्थीलाई लक्षित गरी प्याब्सन मध्य क्षेत्रीय समितिले मोटिभेसन स्पिकर पृतम पौडेलले मोटिभेसन तालिम प्रदान गरेको आयोजकले जनाएको छ।

    FB_IMG_1766243764497.jpg

    कार्यक्रमका प्रशिक्षक प्रितम पौडेलले सदस्य विद्यालयका कक्षा १० का ५८८ जना विद्यार्थीहरूलाई करिब तीन घण्टासम्म परीक्षा–केन्द्रित अभिमुखीकरण प्रशिक्षण विद्यार्थीले पढ्ने बानिको बिकास गर्नुपर्ने बताउनुभयो । उहाँले जिवनमा सफल हुने विद्यार्थीले आफ्नो जिवनको लक्ष निर्धारण गर्नुपर्ने बताउनुभयो।

     

    पौडेलले विद्यार्थीहरुलाई आउने चैतमा हुने एसईई परिक्षाको लागि बाँकी रहेको करिब चार महिना तालिका बनाएर पढ्न उत्प्रेरित गर्नुभयो। उहाँले आफ्नो र आफ्नो बुबाआमाको सपना पूरा गर्न पनि अथक मिहेनत गर्नुपर्ने बताउनुभयो।

    ट्रेनिङमा विद्यार्थीलाई अध्ययनमा आत्मविश्वास जगाउने, समय व्यवस्थापन गर्ने, परीक्षा तयारीका प्रभावकारी उपायहरू अपनाउने तथा जीवनमा सकारात्मक सोच विकसित गर्ने बारेमा पृतम पौडेलले प्रशिक्षण दिनुभयो ।

    FB_IMG_1766244279887.jpg

    कार्यक्रम नोवेल एकेडेमी र एल्क्स कलेजको सहयोगमा सम्पन्न भएको त्जियो। उक्त कार्यक्रममा समितिका पदाधिकारी, सदस्य विद्यालयका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन समितिका सहसचिव प्रेम श्रेष्ठले गर्नुभएको थियो। समापन सत्रमा आयोजक समितिका अध्यक्ष धनप्रसाद सुब्बाले प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

    images
    शनिवार, पौष ५ २०८२०९:०७:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार