Oct 02 2026 | २०८३, आश्विन १६ गते

राष्ट्रिय परिक्षा बोर्डद्वारा कोशी प्रदेशका शिक्षकका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

राष्ट्रिय परिक्षा बोर्डद्वारा कोशी प्रदेशका शिक्षकका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

  • 494
    SHARES

  • राष्ट्रिय परिक्षा बोर्डद्वारा कोशी प्रदेशका शिक्षकका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशका विभिन्न पालिकामा कार्यरत कक्षा ९ देखि १२ का ९० जना गणित, विज्ञान तथा अङ्ग्रेजी विषयका शिक्षकहरूलाई लक्षित गरी "स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सीप विकास तथा नतिजा विश्लेषण सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम" आजदेखि सुरु गरेको छ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माको अध्यक्षतामा आरम्भ भएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ। प्रशिक्षण अवधिमा सहभागी शिक्षकहरूले प्रश्नपत्र निर्माण, नतिजा विश्लेषण तथा सिकाइ सहजीकरणसम्बन्धी कार्यशालामा सहभागिता जनाउनेछन्।

    कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष शर्माले यस कार्यक्रमलाई यस वर्ष ५०० पालिकामा विस्तार गरिने तथा आगामी वर्ष ७६३ वटै पालिकामा पुग्ने गरी योजना बनाइएको बताए । साथै, प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारिक कार्यक्षेत्रमा प्रयोग गर्न सहभागीहरूलाई उनले अनुरोध गरे।

    FB_IMG_1766381443360.jpg

    images
    सोमवार, पौष ७ २०८२११:२२:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार