Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रथम राष्ट्रव्यापी नेशनल प्याब्सन क्रिकेट लिग (एनपिसिएल) को फाइनल भोलि

प्रथम राष्ट्रव्यापी नेशनल प्याब्सन क्रिकेट लिग (एनपिसिएल) को फाइनल भोलि

  • 413
    SHARES

  • प्रथम राष्ट्रव्यापी नेशनल प्याब्सन क्रिकेट लिग (एनपिसिएल) को फाइनल भोलि

    काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको आयोजनामा सञ्चालन भइरहेको प्रथम राष्ट्रव्यापी नेशनल प्याब्सन क्रिकेट लिग (NPCL) अन्तर्गतको फाइनल खेल भोलि हुने भएको छ।

    IMG_8946.JPG

    काठमाडौँ को मूलपानी क्रिकेट रङ्गशाला चलिरहेको क्रीकेट लिग स्कुल स्तरीय १०–१० ओभरको ढाँचामा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल पाणिनी स्कुल र प्रोग्रेसिभ स्कुल बीच हुनेछ।

    आज भएको खेलमा पाणिनी स्कुलले सेमिफाइनल खेलमा एजिएम स्कुललाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । यस्तै, अर्को सेमिफाइनलमा प्रोग्रेसिभ स्कुलले एजिएम स्कुललाई ११ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

    IMG_8943.JPG

    फाइनल खेल भोलि बिहान १० बजे सुरु हुने र पुरस्कार वितरण कार्यक्रम पनि सोही दिन सम्पन्न हुने नेसनल प्याब्सन केन्द्रका उपाध्यक्ष तथा ECA इन्चार्ज विष्णु पराजुलीले जानकारी दिनुभयो।

    क्रीकेट लिग पुस ६ गतेबाट शुरु भएको भएको थियो। लिगमा ६ वटा टिमले सहभागी जनाएला थिए। उल्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद २५ हजार र द्वितीय स्थान हासिल गर्ने टिमले नगद १५ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    उक्त क्रीकेट लिगले स्थानीय तहमा लुकेर रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्नुका साथै नेपालभर क्रिकेट क्षेत्रमा भविष्य देख्ने विद्यालयस्तरका विद्यार्थीहरूबीच भाइचारा विकास गर्नु मुख्य उदेश्य रहेको इसिए इन्चार्ज पराजुलीले बताउनुभयो।

    images
    मंगलवार, पौष ८ २०८२०७:१३:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार