Aug 13 2026 | २०८३, श्रावण २८ गते

आलोचनात्मक सोचः कक्षाकोठादेखि घरपरिवारसम्मको सिकाइ

आलोचनात्मक सोचः कक्षाकोठादेखि घरपरिवारसम्मको सिकाइ

  • 562
    SHARES

  • आलोचनात्मक सोचः कक्षाकोठादेखि घरपरिवारसम्मको सिकाइ

    आज शनिवार  आलोचनात्मक सोच(Critical thinking )विषयमा ग्लोबल एकेडेमीमा भएको कार्यक्रममा सहभागी विद्यार्धी भाइबहिनीहरूले  तालिम पश्चात राखेका धारणाहरू समेटिएका भिडियोहरू नातिनी काव्या ,नातिहरू रितेश र धैर्यलाई  सुनाएर  उनीहरूको यस विषयमा बुझाई सुन्दा खुसी लाग्यो । उनीहरूले गज्जबले आफ्ना कुरा राखे । खुब मज्जाले सुनेर प्रतिक्रिया दिए । बालबालिकाको मोबाइलप्रतिको आकर्षणलाई  प्रयोग गरेर सिकाइमा बदल्न सकिन्छ जस्तो लाग्यो ।

    आमाबुवाले  Social Media को प्रयोग गरेर सानासाना बाबुनानीहरूलाई धेरै कुरा सिकाउन सक्छन् ।  प्रविघिको उच्चतम प्रयोग भइरहेको अहिलेको अवस्थामा शिक्षणसिकाइ  विद्यालयमा   राखिएका निर्धारित किताबहरू बाट  मात्र हुन सक्दैन। निर्धारीत पुस्तकहरू घोकेर  परीक्षामा ल्याएको अंकले मात्र शिक्षाको स्तर उकासिएको ठान्नु हॅुदैन । परीक्षामा राम्रो अंक आउनु राम्रो कुरा हो । तर  जीवनका  हरेक क्षणहरूमा अगाडि बढ्दै जॅादा हामीले कयौं नयॅा परिस्थितिहरूमा हामीले सिकेको ज्ञान प्रयोग गर्नुपर्छ । 

    कतिपय बेला विना आधार सही गलत विचार नगरी हामी भावनात्मकरूपमा निर्णय गर्छौं। स्पष्ट र स्वतन्त्ररूपमा हामी कतिपय बेला निर्णय गर्न सक्दैनौं । अर्कोले भनेको कुरामा विचारै नगरी विश्वास गर्छौ वा प्रस्तावलाई स्विकार गर्छौ । 

    आजको डिजिटल युगमा हामी चारैतिरबाट असंख्य सूचना, विचार, सामाजिक सञ्जालका सामग्री, समाचार र भ्रामक जानकारीले घेरिएका छौँ। सबै सूचना सत्य, उपयोगी वा विश्वसनीय हुँदैनन्।

    आलोचनात्मक सोच (Critical Thinking) ले विद्यार्थी भाइबहिनीहरूलाई निम्न प्रकार सक्षम बनाउँछः
     • सूचनालाई अन्धाधुन्ध स्वीकार नगरी वस्तुनिष्ठ रूपमा विश्लेषण गर्न
     • स्रोतको विश्वसनीयता र प्रमाणको सत्यता जाँच गर्न
     • पूर्वाग्रह, प्रचार र लुकेका स्वार्थ पहिचान गर्न
     • तथ्य र विचार (Opinion) बीच फरक छुट्याउन
     • तर्क र प्रमाणको आधारमा सही निर्णय गर्न

    आलोचनात्मक सोचले विद्यार्थीलाई स्वतन्त्र, विवेकशील र जिम्मेवार नागरिक बनाउँछ। उनीहरू सूचना भीडको बीचमा पनि सत्य र असत्य छुट्याउन सक्षम हुन्छन्। 

    आज स्कुल कलेजहरूमा शिक्षकहरूले विद्यार्थीहरूलाई डाटा ,सूचनाका भारी बोकाएर मात्र खुब सिकाइयो भन्ने भ्रममा रहनु हॅुदैन । सूचना (information) संकलन गर्ने अव शिक्षक मात्र स्रोत रहेन । अहिलेको  विकसित प्रविधिको युगमा  परिस्थिति  एकदमै फरक भएको छ । शिक्षणसिकाइमा अन्तरक्रियात्मक मोडेल(Interactive model ) ,अवलोकन ,फिल्ड भिजिट ,प्रविधिको व्यापक प्रयोग , प्रयोगात्मक , अनुभवजन्य सिकाइ , समस्या समाधान जस्ता विधि प्रयोग गर्न आवश्यक छ ।

    पुस्तकमा भएको कुरा लेखेर धेरै अंक आएन भन्ने केही सिकेन भन्ने धारणा पनि कतिपय बेला सही नहुन सक्छ । कहिलेकाहीं पुस्तकको विषयवस्तु र  विद्यार्थीको रूचीमा तालमेल नमिलेर पनि विद्यार्थीले  पुस्तक अध्ययनमा भन्दा अरू आफ्नो रूचीको विषयमा बढी ध्यान दिएर पनि यस्तो भएको हुन सक्छ ।

    निचोडमा आजको तीव्र रूपमा परिवर्तन भइरहेका, सूचना–समृद्ध र अनिश्चितताले भरिएको विश्वमा आलोचनात्मक सोच (Critical Thinking) कुनै विकल्प होइन, जीवनका लागि अत्यावश्यक सीप हो।

     आलोचनात्मक सोचले विद्यार्थीलाई:
     • तथ्य र भ्रमबीच स्पष्ट भेद गर्न
     • जटिल समस्याहरूको तार्किक विश्लेषण गर्न
     • विभिन्न दृष्टिकोणहरू तुलना र मूल्याङ्कन गर्न
     • प्रमाण र तर्कको आधारमा निर्णय लिन
     • नयाँ विचार सिर्जना गर्न र नवप्रवर्तनतर्फ उन्मुख हुन
     • जिम्मेवार, विवेकशील र आत्मनिर्भर नागरिक बन्न सहयोग पुर्‍याउँछ।

    यसैले, शिक्षा केवल डिग्री प्राप्त गर्ने प्रक्रिया नभई सोच्ने क्षमता विकास गर्ने यात्राको रूपमा अघि बढ्नुपर्छ, जहाँ आलोचनात्मक सोच केन्द्रमा रहन्छ।

    ✍️ सुरेन्द्र ओझा, शिक्षक 
    ग्लोबल एकेडेमी, महेन्द्रनगर कञ्चनपुर

    images
    आइतवार, पौष १३ २०८२०७:०८:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार