Aug 13 2026 | २०८३, श्रावण २८ गते

माइलस्टोन युथ इङ्लिस स्कुलद्वारा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

माइलस्टोन युथ इङ्लिस स्कुलद्वारा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

  • 756
    SHARES

  • माइलस्टोन युथ इङ्लिस स्कुलद्वारा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

    माघ, ८/ काठमाडौँ — माइलस्टोन युथ इङ्लिस स्कुलले आयोजना गरेको विज्ञान तथा गणित प्रदर्शनी सफलता पुर्वक सम्पन्न गरेको छ। बिहीवार विद्यालयले निर्माण गरेको बास्केटबल कोर्टमा आधारभूत तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले अध्ययनसँगै गरेका सिर्जनात्मक तथा प्रयोगात्मक कार्यहरूको प्रदर्शनी बिहीवार सम्पन्न गरेलो हो।

    IMG-20260122-WA0002.jpg

    प्रदर्शनीमा विद्यार्थीहरूले स्थानीय सामग्रीको प्रयोग गरी तयार पारेका विभिन्न शैक्षिक तथा सिर्जनात्मक सामग्रीहरू प्रदर्शन गरेका थिए। हरेक कक्षाका विद्यार्थीहरूले आफ्ना परियोजनाबारे आगन्तुक अभिभावकहरूलाई व्याख्या गरेका थिए।

    IMG_6250.JPG

    विज्ञान तथा गणित विषयलाई प्रयोगात्मक रूपमा अध्ययन–अध्यापन गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शिवराम गिरीले बताउनुभयो। कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा रूपान्तरण गर्न यस्तो प्रदर्शनी अत्यन्त उपयोगी हुने उहाँको भनाइ छ। विद्यार्थीहरूले निर्माण गरेका सामग्रीहरूले नयाँ आविष्कार सम्भव छ भन्ने सन्देश पनि प्रदर्शनीले दिएको उहाँको भनाइ छ।

    IMG_6259.JPG

    यस प्रकारका प्रदर्शनीबाट अभिभावकहरूले आफ्ना बालबालिकाले विद्यालयमा के–कस्ता सिर्जनात्मक गतिविधि गर्छन् भन्ने कुरा प्रत्यक्ष अवलोकन गर्न पाउने र उनीहरूको प्रतिभा देखेर उत्साहित हुने प्रधानाध्यापक गिरीले बताउनुभयो। साथै, यस्ता कार्यक्रमले विद्यार्थीहरूको अन्तर्निहित क्षमताको पहिचान गर्न र Exposure को राम्रो माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।

    IMG_6252.JPG

    शिक्षण–सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउँदै बालबालिकामा सिर्जनशीलता विकास गर्नु तथा भविष्यमा राष्ट्रका लागि सक्षम जनशक्ति उत्पादन गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ। प्रदर्शनीमा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले आफ्ना छोराछोरीले तयार पारेका विभिन्न शैक्षिक सामग्री अवलोकन गर्दै खुसी र उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

    IMG_6266.JPGIMG_6267.JPGIMG_6243.JPGIMG_6247.JPG

    images
    बिहिवार, माघ ९ २०८२०५:०८:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार