Oct 02 2026 | २०८३, आश्विन १६ गते

आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा परीक्षाको प्रवेशपत्र अनलाइनबाट प्रिन्ट गर्न सकिने

आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा परीक्षाको प्रवेशपत्र अनलाइनबाट प्रिन्ट गर्न सकिने

  • 486
    SHARES

  • आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा परीक्षाको प्रवेशपत्र अनलाइनबाट प्रिन्ट गर्न सकिने

    काठमाडौँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) अन्तर्गत गरिने शिक्षक बढुवाको लिखित परीक्षाका लागि प्रवेशपत्र अनलाइनबाट प्रिन्ट गर्न सकिने जनाएको छ।

    गत मंसिर १५ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त फाराम भरेका उम्मेद्वारहरूले आयोगको अनलाइन दरखास्त पोर्टल https://online.tsc.gov.np/ मा आफूले दर्ता गरेको इमेल ठेगाना र पासवर्ड प्रयोग गरी Login गर्नुपर्नेछ। तत्पश्चात “दरखास्त पेश गरेको विवरण” मा गई “View” मा क्लिक गरी “प्रवेशपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्” विकल्पबाट प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गर्न सकिने छ।

    प्रवेशपत्रको प्रतिलिपि कार्यालयबाट उपलब्ध नहुने भएकाले समयमै प्रिन्ट गरी सुरक्षित राख्नुपर्ने उल्लेख छ। मिति २०८२ माघ १७ गते सञ्चालन हुने लिखित परीक्षामा सहभागी हुँदा सम्बन्धित परीक्षा केन्द्रमा प्रवेशपत्रसँगै सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्र (नागरिकता नम्बर उल्लेख भएको) को सक्कल प्रति अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने आयोगले जनाएको छ।

    FB_IMG_1769177231959.jpg

    images
    शुक्रवार, माघ १० २०८२०८:००:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार