Aug 13 2026 | २०८३, श्रावण २८ गते

एभरेस्ट इनोभेटिभ स्कुलमा स्पोर्ट्स मिट–२०८२ शुभारम्भ

एभरेस्ट इनोभेटिभ स्कुलमा स्पोर्ट्स मिट–२०८२ शुभारम्भ

  • 647
    SHARES

  • एभरेस्ट इनोभेटिभ स्कुलमा स्पोर्ट्स मिट–२०८२ शुभारम्भ

    काठमाडौँ, माघ ११ । काठमाडौँ महानगरपालिका वडा नं. १३, कालिमाटीस्थित एभरेस्ट इनोभेटिभ स्कुल (EIS) मा स्पोर्ट्स मिट–२०८२ आइतबारबाट औपचारिक रूपमा शुभारम्भ भएको छ।

    IMG_7431 (1).JPG

    विद्यालयका अनुसार स्पोर्ट्स मिट अन्तर्गतका विभिन्न खेलकुद प्रतियोगिताहरू माघ ११ गतेदेखि १५ गते बिहीबारसम्म सञ्चालन हुनेछन्।

    खेलकुद कार्यक्रममा बास्केटबल, फुटसल, ब्याडमिन्टन, क्यारेमबोर्ड, चेस, म्युजिकल चियर, हट बेलुन, बेलुन ब्लास्यिङ, चोकलेट रेस, रिले रेस, चकलेट रेस, म्याथ रेस, स्याक रेस लगायत टग अफ वार लगाएत विविध प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएको इसिए (ECA) इन्चार्ज अनिल श्रेष्ठले जानकारी दिनुभयो।

    IMG_7427 (1).JPG

    स्पोर्ट्स मिटमा सहभागी तथा विजयी खेलाडीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिने EIC/EIS का प्रशासनिक प्रमुख राम पौडेलले बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबै विद्यार्थीलाई खेलका नियम पालना गर्दै अनुशासनका साथ सहभागिता जनाउन आग्रह गर्नुभयो।

    IMG_7451 (1).JPG

    विद्यालयका प्रधानाध्यापक केबी चित्रकारले नियमित खेलकुद गतिविधिले विद्यार्थीलाई स्वस्थ, सक्रिय र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

    त्यस्तै इसिए इन्चार्ज अनिल श्रेष्ठले खेलकुदले नेतृत्व, सहकार्य र आत्मविश्वास विकासमा सहयोग पुर्‍याउने बताउनुभय।

    IMG_7433 (1).JPGIMG-20260125-WA0274(1).jpg

    images
    आइतवार, माघ १२ २०८२०८:५७:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार