सोमवार, माघ १३ २०८२
माघ, १२ गते। काठमाडौ महानगरपालिकाको छाउनिस्थित फ्यूचर स्टार इङ्लिस सेकेन्डरी स्कुलको स्पोर्ट्स मिट २०८२ शुरु भएको छ। आइतबार भब्य मार्चपास तथा साँस्कृतिक नृत्य प्रस्तुति गर्दै Sports Meet- 2082 शुरु भएको हो।

खेलकुद सप्ताहमा विद्यालयका करिब ३ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागी जनाउने प्रिन्सिपल प्रोसन राजभण्डारीले बताउनुभयो।
खेलकुदबाट शारीरिक बिकास साथसाथै मानसिक बिकासमा समेत मद्दत पुर्याउने र विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल भण्डारीको भनाई छ ।

उक्त स्पोर्ट्स मिटका बिशेष अतिथि नेसनल प्याब्सन काठमाडौँ महानगरपालिकाका सचीव शेरबहादुर पौडेलले विद्यार्थीहरुको मानसिक र शारीरिक तन्दुरुस्तीका लागि खेल खेलकुद अत्यन्तै आवश्यकता हुने र खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्याउने भएकोले खेललाइ व्यावसायिक रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

स्पोर्ट्स मिटमा फ्युचर स्टार सेकेण्डरी स्कुलका फाउन्डर प्रिन्सिपल मनोज श्रेष्ठ, आस्था विद्या मन्दिरका फाउन्डर प्रिन्सिपल तथा डिभाइन बूक्स एन्ड स्टेसनरीका सञ्चालक रोजन शाक्य लगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
