Aug 13 2026 | २०८३, श्रावण २८ गते

गण्डकी पब्लिक बोर्डिङ स्कुलको वार्षिक खेलकुद सप्ताह भव्य रूपमा उद्घाटन

गण्डकी पब्लिक बोर्डिङ स्कुलको वार्षिक खेलकुद सप्ताह भव्य रूपमा उद्घाटन

  • 1.5K
    SHARES

  • गण्डकी पब्लिक बोर्डिङ स्कुलको वार्षिक खेलकुद सप्ताह भव्य रूपमा उद्घाटन

    काठमाडौँ, माघ १३ – काठमाडौँ महानगरपालिका–२६, म्हेपीस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलको वार्षिक खेलकुद सप्ताह (Annual Sports' Meet) २०८२ बुधबार भव्य रूपमा उद्घाटन गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी स्काउटको विशेष मार्चपास, झण्डोत्तोलन तथा बेलुन उडाएर खेलकुद सप्ताहको औपचारिक शुभारम्भ गरिएको हो।

    IMG-20260128-WA0108.jpg

    खेलकुद सप्ताहमा करिब ६ सयदेखि ७ सयसम्म विद्यार्थीको सक्रिय सहभागिता रहने विद्यालयका प्रिन्सिपल आरसी भट्टले जानकारी दिनुभयो। प्रतियोगिताअन्तर्गत फूटसल, बास्केटबल, भलिबल, बेडमिन्टन, टेबलटेनिस, चेस, टग अफ वारलगायत विभिन्न खेलहरु सञ्चालन हुने छन्। साथै साना बालबालिकाका लागि स्किपिङ, हट पोटेटो, म्युजिकल चियर, स्पुन रेस जस्ता मनोरञ्जनात्मक खेलसमेत समावेश गरिएको छ। एथलेटिक्सका विभिन्न विधाहरु पनि खेलाइनेछन्।

    IMG-20260128-WA0044.jpg

    खेलकुद सप्ताह बारे प्रिन्सिपल भट्टले खेलकुदले शारीरिक विकाससँगै मानसिक र बौद्धिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। “शारीरिक तन्दुरुस्तीले विद्यार्थीको एकाग्रता, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र आत्मसम्मान बढाउँछ। शरीर स्वस्थ र सबल भएमा सुनेको र देखेको कुरा सजिलै ग्रहण गर्न सकिन्छ, त्यसैले वौद्धिक विकासका लागि पनि खेलकुद अपरिहार्य छ,” उहाँले भन्नुभयो।

    IMG-20260128-WA0085.jpg

    उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगर तथा खेलाडी जेनिफर र सिद्धान्त रानामगर सहभागी रहेका थिए। खेलकुद उद्घाटन समारोहमा विद्यालयका कार्यकारी निर्देशक दोर्णबहादुर अधिकारी, व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद अर्याल तथा शिक्षक, अभिभावक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।

    IMG-20260128-WA0071.jpg

    चार दिनसम्म चल्ने यस Annual Sports' Meet ले अध्ययनसँगै खेलकुद र शारीरिक विकासमा पनि विद्यार्थीलाई प्रोत्साहन गर्ने प्रिन्सिपल भट्टले बताउनुभयो। गण्डकी पब्लिक बोर्डिङ स्कुलले जेनिफर र सिद्धान्त रानामगरजस्ता राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको उल्लेख गर्दै उहाँले विद्यालयले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गर्नुभयो।

    IMG-20260128-WA0101.jpgIMG-20260128-WA0094.jpgIMG-20260128-WA0057.jpgIMG-20260128-WA0058.jpg

    images
    बुधवार, माघ १५ २०८२१०:३४:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार