Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्याश्री एकेडेमीमा एक दिवसीय ‘फूड फेष्ट’ सम्पन्न

विद्याश्री एकेडेमीमा एक दिवसीय ‘फूड फेष्ट’ सम्पन्न

  • 507
    SHARES

  • विद्याश्री एकेडेमीमा एक दिवसीय ‘फूड फेष्ट’ सम्पन्न

    काठमाडौँ । विद्याश्री एकेडेमी, चन्द्रागिरि–१२, काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूका लागि एक दिवसीय ‘फूड फेष्ट’ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरुको मनोरञ्जनात्मक तथा व्यवहारिक सिकाइमा आधारित ‘फूड फेष्ट’ कार्यक्रम सम्पन्न भएको हो।

    FB_IMG_1771073198304.jpg

    अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यवहारिक माध्यमबाट शिक्षा प्रदान गर्नु रहेको विद्यालय प्रिन्सिपल राजेन्द्र ढकालले बताउनुभयो ।

    फूड फेष्टका दिन विद्यार्थीहरूले आवश्यक सामग्री आफैं बजारबाट खरिद गरी मेहनतका साथ विभिन्न परिकार तयार पारेका थिए। उनीहरूले आकर्षक ढंगमा स्टल सजाएर आफ्ना परिकारहरू प्रदर्शन गरेका थिए। आगन्तुकहरूलाई परिकारको विशेषता, मूल्य तथा पोषण सम्बन्धी जानकारी दिँदै विद्यार्थीहरूले आत्मविश्वासका साथ प्रस्तुति दिएका थिए।

    IMG-20260214-WA0011.jpg

    कार्यक्रमले विद्यार्थीहरूमा उद्यमशील सोच, समूहगत कार्यकौशल तथा आर्थिक व्यवस्थापनसम्बन्धी सीप विकास गर्ने लक्ष्य लिएको थियो। आफ्नै समूहले बनाएका परिकारहरूको हिसाबकिताब राख्दै नाफा–नोक्सान विश्लेषण गर्ने अभ्यासले उनीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि भएको विद्यालय प्रशासनको विश्वास छ।

    उक्त कार्यक्रममा उल्लेख्य संख्यामा विद्यार्थी, अभिभावक, विभिन्न आगन्तुक महानुभाव तथा शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई शिक्षण सिकाइ प्रक्रियासँग जोडिएको प्रभावकारी अभ्यासका रूपमा प्रशंसा गरेका थिए।

    IMG-20260214-WA0010.jpgIMG-20260214-WA0019.jpgIMG-20260214-WA0006.jpgIMG-20260214-WA0018.jpg

     

    images
    शनिवार, फाल्गुण २ २०८२०६:३७:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार