Oct 03 2026 | २०८३, आश्विन १७ गते

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा बोर्डिङ स्कुलका शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा बोर्डिङ स्कुलका शिक्षक पक्राउ

  • 275
    SHARES

  • छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा बोर्डिङ स्कुलका शिक्षक पक्राउ

    १० फागुन, खोटाङ । खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ स्थित दिक्तेल इंलिस बोर्डिङ स्कुलका एक शिक्षक पक्राउ परेका छन् ।

    फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ । फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा उनले बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारको भनाइ छ ।

    पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि पीडित बालिकाका बुवा र काका पीडकको कोठामा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।

    बालिकाको स्वास्थ्य परीक्षणपछि राति ११ बजे शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी अन्तर्गतको जाहेरी दर्ता गरिएको छ । ती शिक्षकले गत मंसिरमा आयोजना गरिएको शैक्षिक भ्रमणमा गएदेखि नै छात्रालाई केही सिकाउने बाहनामा बोलाउने र अश्लील गतिविधि गर्ने गरेको पीडित परिवारको भनाइ छ ।

    images
    आइतवार, फाल्गुण १० २०८२१०:२८:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार