Aug 13 2026 | २०८३, श्रावण २८ गते

गण्डकी पब्लिक बोर्डिङ स्कुलको २२औँ वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

गण्डकी पब्लिक बोर्डिङ स्कुलको २२औँ वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • 489
    SHARES

  • गण्डकी पब्लिक बोर्डिङ स्कुलको २२औँ वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

    काठमाडौँ । फागुन १४ गते काठमाडौँ । महानगरपालिका–१६, म्हेपिस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलको २२औँ वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    IMG-20260225-WA0050~2.jpg

    कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाई काठमाडौँँकअ प्रमुख डा. समन्तमणी आचार्य रहनुभएको थियो। उहाँले शिक्षाले व्यक्तित्व निर्माणसँगै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयले संस्कारयुक्त र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गर्नुभयो।

    कार्यक्रमको सभाध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद अर्यालले गर्नुभएको थियो। उहाँले विद्यालयको निरन्तर प्रगति, अभिभावकको साथ र समुदायको सहयोगले संस्थालाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्नुभयो।

    IMG-20260225-WA0040.jpg

    उक्त अवसरमा विद्यालयले विभिन्न पुरस्कार तथा सम्मानहरु प्रदान गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन गरेका थिए। भने अभिभावकहरू आफ्नो बालबालिकाको प्रस्तुति देखेर खुसी देखिन्थे।

    IMG-20260225-WA0016.jpg

    उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा काठमाडौँ प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, काठमाडौँ  महानगरपालिका अध्यक्ष गगनसिंह ऐर लगाएत विभिन्न विद्यालयका प्रिन्सिपल, संचालकहरु तथा त्यस क्षेत्रका विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै विद्यालयका कार्यकारी निर्देशक दोर्ण बहादुर अधिकारी, प्रिन्सिप आरसी भट्ट तथा विद्यालयका शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    IMG-20260225-WA0032.jpg

    उक्त अवसरमा प्रिन्सिप आरसी भट्टले उपस्थित सम्पुर्ण अतिथि तथा अभिभावकहरुलाई स्वागत गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, प्रविधिमैत्री शिक्षण पद्धति र समग्र व्यक्तित्व विकासमा निरन्तर जोड दिँदै आएको बताउनुभयो। उहाँले अभिभावक र विद्यालयबीचको सुदृढ सहकार्यले नै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।

    २२औँ अभिभावक दिवसले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

    IMG-20260225-WA0018.jpgIMG-20260225-WA0034.jpgIMG-20260225-WA0042.jpgIMG-20260225-WA0049.jpg

    images
    बुधवार, फाल्गुण १३ २०८२०६:०६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार