Aug 13 2026 | २०८३, श्रावण २८ गते

निर्वाचनमा बालबालिकाको दुरुपयोग नगर्न नेसनल प्याब्सनको ध्यानाकर्षण

निर्वाचनमा बालबालिकाको दुरुपयोग नगर्न नेसनल प्याब्सनको ध्यानाकर्षण

  • 507
    SHARES

  • निर्वाचनमा बालबालिकाको दुरुपयोग नगर्न नेसनल प्याब्सनको ध्यानाकर्षण

    काठमाडौं, फागुन १५ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रीय समितिले निर्वाचनको समयमा बालबालिकाको दुरुपयोग नगर्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ।

    नेसनल प्याब्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विगतका विभिन्न राजनीतिक आन्दोलन तथा निर्वाचनका क्रममा बालबालिकालाई नारा–जुलुस, प्रचारप्रसार, सामाजिक सञ्जाल सामग्री तथा उम्मेदवारको स्वागत–सम्मानजस्ता गतिविधिमा प्रयोग गरिएको घटनाप्रति चिन्ता व्यक्त गरेको हो।

    नेपालको संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०७५, बालअधिकार सम्बन्धी महासन्धि १९८९ तथा राष्ट्रिय बालबालिका नीति २०८० ले सुनिश्चित गरेका बालअधिकारको संरक्षण गर्नु राज्य तथा समाजका सबै पक्षको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    आगामी फागुन २१ गते हुने निर्वाचनका करिब ८६ प्रतिशत मतदान केन्द्र विद्यालयमा रहने अवस्थाले विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुने, विद्यालय सरसफाइमा बेवास्ता हुन सक्ने तथा विद्यालय शान्ति क्षेत्रको अवधारणामा असर पर्नेप्रति पनि नेसनल प्याब्सनले चासो व्यक्त गरेको छ।

    विज्ञप्तिमा बालबालिकालाई राजनीतिक पक्षपोषण, भ्रामक तथा सनसनीपूर्ण समाचार निर्माण, प्रचारात्मक गतिविधि तथा जुलुसमा प्रयोग गर्नु बालअधिकार विपरीत हुने उल्लेख गर्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी मर्यादित, व्यवस्थित र अनुशासित ढंगले निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालासँग आग्रह गरिएको छ।

    नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने तथा महासचिव प्रकाशचन्द्र खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा अभिभावक, विद्यालय, राजनीतिक दल, नागरिक समाज तथा सञ्चार माध्यमलाई बालमैत्री वातावरण सुनिश्चित गर्न विशेष भूमिका निर्वाह गर्न अपिल गरिएको छ।

    FB_IMG_1772200200167.jpg

    images
    शुक्रवार, फाल्गुण १५ २०८२०७:४८:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार