Oct 03 2026 | २०८३, आश्विन १७ गते

कक्षा १२ को परीक्षा आवेदन फाराम बुझाउने म्याद थप (सूचना सहित)

कक्षा १२ को परीक्षा आवेदन फाराम बुझाउने म्याद थप (सूचना सहित)

  • 738
    SHARES

  • कक्षा १२ को परीक्षा आवेदन फाराम बुझाउने म्याद थप (सूचना सहित)

    काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले २०८३ साल वैशाखमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम बुझाउने म्याद थप गरेको छ।

    यसअघि बोर्डले मिति २०८२ माघ २५ गतेभित्र सम्बन्धित बोर्ड कार्यालयमा परीक्षा आवेदन फाराम बुझाइसक्नुपर्ने व्यवस्था गरेकोमा उक्त अवधिमा फाराम भर्न वा बुझाउन छुट भएका विद्यालय तथा विद्यार्थीलाई लक्षित गर्दै बोर्डले थप अवसर प्रदान गरेको हो।

    नयाँ व्यवस्थाअनुसार छुट भएका विद्यालय वा विद्यार्थीले तोकिएको शुल्क बुझाई मिति २०८२ चैत २ गतेभित्र सम्बन्धित बोर्ड कार्यालयमा परीक्षा आवेदन फाराम बुझाउन सक्नेछन्। यसअघि नै निर्धारित समयमा बोर्डको खातामा शुल्क दाखिला गरिसकेकाहरूले सोही शुल्कका आधारमा फाराम बुझाउन सक्नेछन् भने हालसम्म शुल्क नबुझाएका विद्यालय वा विद्यार्थीले विलम्ब शुल्कसहितको दस्तुर तिर्नुपर्ने बोर्डले जनाएको छ।

    बोर्डले आफ्ना सबै कार्यालयलाई समेत सोही व्यवस्थाअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

    सूचना अनुसार समयमै फाराम बुझाउन छुटेका विद्यालय तथा विद्यार्थीलाई यस अवधिभित्र प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

    FB_IMG_1773069006560.jpg

    images
    सोमवार, फाल्गुण २५ २०८२०८:५९:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार