Oct 03 2026 | २०८३, आश्विन १७ गते

सातवटै प्रदेशमा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने।

सातवटै प्रदेशमा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने।

  • 473
    SHARES

  • सातवटै प्रदेशमा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने।

    काठमाडौं, चैत १९ गते — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले “अटिजम र मानवता: हरेक जीवन मूल्यवान छ” भन्ने मूल नाराका साथ मनाइएको विश्व अटिजम सचेतना दिवस को अवसरमा महत्वपूर्ण घोषणा गरेको छ। मन्त्रालयले सातै प्रदेशमा एक–एक वटा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरेको हो।

    मन्त्रालयका माननीय मन्त्रीज्यूको अध्यक्षतामा तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का मन्त्रीज्यूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा सम्बन्धित मन्त्रालयका सचिवहरू, सहरी विकास तथा भवन निर्माण विभागका पदाधिकारी, अटिजमसम्बन्धी विज्ञ तथा अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा विगत केही वर्षदेखि सञ्चालनमा रहेका अपाङ्गता-मैत्री आवासीय विद्यालयहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो। विशेष गरी बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि पूर्वाधारयुक्त विद्यालय निर्माणको अवस्थाबारे समीक्षा गर्दै आगामी योजनाहरू थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

    छलफलपछि आगामी आर्थिक वर्षभित्र सातै प्रदेशमा अटिजममैत्री नमुना विद्यालय स्थापना गर्ने निष्कर्ष निकालिएको छ।

    यस अन्तर्गत:

    सहरी विकास तथा भवन निर्माण विभागले भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षा,

    विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन कार्यढाँचा तयार गर्ने,

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक स्वास्थ्य तथा सहयोग सेवा प्रदान गर्ने,

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्बन्धित निकायबीच समन्वय गर्ने जिम्मेवारी लिनेछ। कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्राविधिक समिति समेत गठन गरिएको छ। उक्त समितिले अटिजम तथा अन्य अपाङ्गता भएका बालबालिकाका लागि हाल सञ्चालनमा रहेका कार्यक्रमलाई अझ गुणस्तरीय बनाउँदै नमुना विद्यालय स्थापना प्रक्रियालाई तीव्रता दिने उद्देश्यका साथ छिट्टै अवधारणा पत्र तयार गर्नेछ।

    मन्त्रालयले अटिजम भएका बालबालिकालाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउन सबै विद्यालय तथा सम्बन्धित संस्थाहरूलाई सहकार्य गर्न हार्दिक अपिल गरेको

    images
    बिहिवार, चैत्र १९ २०८२०९:२६:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार