Oct 03 2026 | २०८३, आश्विन १७ गते

पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न, भर्नाकै दिन पाठ्यपुस्तक पाइने

पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न, भर्नाकै दिन पाठ्यपुस्तक पाइने

  • 255
    SHARES

  • पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न, भर्नाकै दिन पाठ्यपुस्तक पाइने

    काठमाडौँ, चैत २२ गते । पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी मुद्रण संस्थाले विद्यालय तहका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ सकिए संगै सामुदायिक विद्यालयका विद्यार्थीले यस वर्ष पनि कक्षामा भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् ।

    पाठ्यपुस्तक छपाई संगै अधिकांश जिल्लामा पुस्तक पुगिसकेको केहीमा पुग्ने क्रममा रहेको छ । चैतको अन्तिम सातासम्म पुस्तक सबै जिल्लामा पुगिसक्ने केन्द्रले जनाएको छ । 

    यस पटक सरकारले कक्षा ३ र ५ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिएको थियो । र कक्षा १, ३ र ४ का विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी निजी मुद्रण संस्थालाई दिइएको थियो।

    सरकारी तथ्याङ्क अनुसार जनक शिक्षाले एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने र निजी मुद्रण संस्थाले भने ६० लाख थान पुस्तक छपाइ गर्नुपर्ने जिम्मेवारी थियो। दुवै निकायले आफ्नो जिम्मेवारीमा रहेको पुस्तक छापेर ढुवानीसमेत सुरु गरिसकेका छन् । जनक शिक्षाले पुस्तक छापेर चैत १६ गतेबाट ढुवानीसमेत सुरु गरिसकेको छ । 

    images
    आइतवार, चैत्र २२ २०८२०७:४८:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार