Oct 03 2026 | २०८३, आश्विन १७ गते

सनसाइन किड्स जोनमा युकेजी दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न

सनसाइन किड्स जोनमा युकेजी दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न

  • 666
    SHARES

  • सनसाइन किड्स जोनमा युकेजी दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न

    काठमाडौं — द सनसाइन स्कुल तथा कलेज अन्तर्गतको मन्टेस्वरी जोन ‘सनसाइन किड्स जोन’मा युकेजी तहका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा विद्यालयमा अध्ययनरत ३५ जना छात्रछात्रालाई औपचारिक रूपमा दीक्षित गरिएको थियो।

    IMG-20260406-WA0428.jpg

    कार्यक्रमका सभापति तथा विद्यालयका प्राचार्य बाबुराम गौतमले बालबालिकालाई सानै उमेरदेखि यस्ता विविध गतिविधिमा सहभागी गराउँदा उनीहरूको व्यक्तित्व र चारित्रिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमतामा निखार ल्याउँदै उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    समारोहमा विद्यालयका भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारी र डाइरेक्टर विनोद श्रेष्ठले पनि कार्यक्रमलाई गौरवपूर्ण उपलब्धि भन्दै दीक्षित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

    IMG-20260406-WA0437.jpg

    कार्यक्रममा प्रि–प्राइमरी तहका इसीडी शिक्षकहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए भने युकेजीका विद्यार्थीहरूले गीत, नृत्य, स्वस्तिवाचन तथा विविध सांस्कृतिक झाँकी प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। समारोहका क्रममा सहभागी सबै विद्यार्थीलाई खादा, माला, मायाको चिनो तथा दीक्षित प्रमाणपत्र प्रदान गरिएको थियो। यस अवसरमा इसीडी एक्सपर्ट तथा विद्यालयकी कन्सल्टेन्ट सिर्जना महर्जनले यस्ता कार्यक्रमले बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताउँदै विद्यालयहरूले नियमित रूपमा यस्ता गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

    IMG-20260406-WA0433.jpg

    कार्यक्रमको समापन गर्दै प्राचार्य गौतमले सम्पूर्ण अतिथि, अभिभावक तथा सहभागीप्रति आभार व्यक्त गर्नुभयो। साथै कार्यक्रममा सहभागी सबैका लागि खाजा तथा अन्य आवश्यक व्यवस्थासमेत गरिएको थियो।

    IMG-20260406-WA0417.jpg

    images
    सोमवार, चैत्र २३ २०८२०८:३७:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार