Oct 02 2026 | २०८३, आश्विन १६ गते

निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दर्खास्त आह्वान

निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दर्खास्त आह्वान

  • 845
    SHARES

  • निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दर्खास्त आह्वान

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगको मिति २०८२ चैत २३ गतेको निर्णयअनुसार २०८२ चैत २४ गतेदेखि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न आवेदन प्रक्रिया सुरु गरिएको हो।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसपटक आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइएकोले देशभरका उम्मेदवारहरूलाई सहज पहुँच हुने विश्वास गरिएको छ।

    दरखास्त दिन आयोगको अनलाइन दर्खास्त प्रणाली  https://online.tsc.gov.np/⁠ मा गएर आवेदन दिन सकिने छ्। बिज्ञापनको विस्तृत विवरण: www.tsc.gov.np⁠ मा हेर्न सकिने छ।

    आयोगले खुला तथा समावेशी प्रणालीमार्फत सबै वर्ग, क्षेत्र र समुदायका उम्मेदवारलाई समान अवसर प्रदान गर्ने जनाएको छ। प्रतियोगितात्मक परीक्षाबाट योग्य र सक्षम शिक्षक छनोट गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। शिक्षण पेशामा स्थायी अवसर खोजिरहेका युवाहरूका लागि यो विज्ञापन महत्वपूर्ण अवसरका रूपमा रहेको छ।

    FB_IMG_1775523099211~2.jpg

    images
    मंगलवार, चैत्र २४ २०८२०७:१४:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार