Oct 03 2026 | २०८३, आश्विन १७ गते

सामाजिक उत्तरदायित्वमा उदाहरणीय द सनसाइन स्कुल

सामाजिक उत्तरदायित्वमा उदाहरणीय द सनसाइन स्कुल

  • 295
    SHARES

  • सामाजिक उत्तरदायित्वमा उदाहरणीय द सनसाइन स्कुल

    काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ स्थित द सनसाइन स्कुल एण्ड कलेजले सामाजिक उत्तरदायित्व बहनमा उदाहरणीय कार्य गर्दै अग्रणी भूमिका प्रस्तुत गरेको छ। बालबालिकालाई संस्कारयुक्त, सीपमूलक तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले सामाजिक सेवामार्फत मानवीय मूल्यलाई व्यवहारमा उतारेको हो।

    विद्यालयले विद्यार्थीहरूको जन्मदिनको अवसरमा ‘खुत्रुके बचत अभियान’ सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत विद्यार्थीहरूले खुत्रुकेमा जम्मा गरेको रकम नागार्जुन–ठूलागाउँस्थित मातृ नेपाल बालगृहलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा बालगृहका अध्यक्ष नमराज राउतको उपस्थितिमा खुत्रुके फुटाएर संकलित सम्पूर्ण रकम बाल आश्रमका संस्थापक अध्यक्षलाई विद्यार्थीहरूको उपस्थितिमै प्रदान गरिएको थियो।

    IMG-20260409-WA0012.jpg

    उक्त कार्यक्रममा समाजसेवी प्रकाश कुँवर लगायतका विभिन्न व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल बाबुराम गौतमले गुणस्तरीय शिक्षासँगै बालबालिकामा संस्कार, मानवीयता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको बताए। “समाजप्रति हाम्रो दायित्व हुन्छ, र त्यो दायित्व बहन गर्न घर, परिवार र विद्यालयबाटै सिक्नुपर्छ,” उनले भने।

    नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन सञ्चालन गर्दै आएको यस विद्यालयमा यस्ता सामाजिक गतिविधिमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहँदै आएको छ। विद्यालयले अभिभावकहरूको विश्वास जित्दै शिक्षण सिकाइमा सन्तोषजनक वातावरण निर्माण गर्न सफल भएको छ।

    साथै, विद्यालयले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै ‘डिजी स्कुल स्मार्ट लर्निङ एप’ तथा आधुनिक प्रयोगशालामार्फत अनुसन्धानमा आधारित शिक्षण पद्धति अवलम्बन गर्दै आएको प्रिन्सिपल गौतमले जानकारी दिए।

    द सनसाइन स्कुल एण्ड कलेजको यस्तो पहलले शिक्षासँगै मानवीय मूल्य र सामाजिक उत्तरदायित्व विकासमा महत्वपूर्ण सन्देश दिएको छ।

    images
    बिहिवार, चैत्र २६ २०८२०६:५५:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार