Oct 02 2026 | २०८३, आश्विन १६ गते

फेदीखोला गाउँपालिकामा बैशाख २ देखि भर्ना अभियान ९ देखि नियमित पढाई

फेदीखोला गाउँपालिकामा बैशाख २ देखि भर्ना अभियान ९ देखि नियमित पढाई

  • 1.1K
    SHARES

  • फेदीखोला गाउँपालिकामा बैशाख २ देखि भर्ना अभियान ९ देखि नियमित पढाई

    स्याङ्जा, २८ चैत्र । सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन सुरु गर्ने जनाएको बेला स्याङ्जाको फेदीखोलाले भने बैशाख २ बाटै भर्ना अभियान सुरु गर्ने भएको छ। फेदीखोला गाउँपालिकाले वैशाख २ देखि ७ गतेसम्म बिद्यार्थी भर्ना अभियान र ९ देखि नियमित पठनपाठन गराउने भएको

    फेदीखोला गाउँकार्यपालिकाको शुक्रवार बसेको बैठकले सो निर्णय गरेको र सोही अनुसार आवश्यक तयारी गर्न गराउन सुझाव दिएको गाउँपालिकाका अध्यक्ष धनश्याम सुवेदीले जानकारी गराए।

    सोही बमोजिमका वार्षिक शैक्षणिक योजना पनि शिक्षा शाखा मार्फत सबै विधालयलाई पठाइने भएको छ। गाउँपालिकाले आफनो शैक्षिक क्यालेण्डर बमोजिम पठनपाठन गराउने भएको हो।

    त्यसो त, फेदीखोला गाउँपालिकाले शिक्षा मन्त्रालयबाट जारी परिपत्रप्रति ध्यानाकर्षण जनाएको छ। अध्यक्ष सुवेदीका अनुसार 'संविधान र कानुन अनुसार आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएको उल्लेख गरेको छ।

    गाउँपालिकाले आफ्नो स्थानीय अवस्था अनुसार शैक्षिक योजना कार्यान्वयन गर्दै आएको जानकारी दिँदै, शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान वैशाख २-७ र पठनपाठन वैशाख ९ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।'

    साथै, संघीय सरकारलाई शिक्षा सम्बन्धी निर्णयमा स्थानीय तहसँग पूर्वपरामर्श गर्न, स्थानीय सन्दभ अनुसार निर्णय गर्न दिन, परिपत्रलाई मार्गनिर्देशक मात्र बनाउन र तीन तहबीच समन्वय सुदृढ गर्न सुझाव दिएको छ।

    देशभर एकरूप रुपमा कार्यक्रम थोपर्नेभन्दा स्थानीय सन्दर्भ, आवश्यकता र भौगोलिक विविधता अनुसार निर्णय गर्ने अधिकार सुनिश्चित गर्न, संघीय निकायबाट जारी गरिने परिपत्रलाई मार्गनिर्देशकका रूपमा मात्र राखी, कार्यान्वयनको अन्तिम निर्णय स्थानीय तहलाई नै रहने व्यवस्था गर्न र संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमा आधारित संघीय अभ्यासलाई सुदृढ बनाइयोस् भनि उल्लेख गरिएको छ।

    गाउँपालिकाबाट गरिएको निर्णयलाई सम्मान गर्दै कार्यान्वयनमा सहजीकरण गरिदिनुहुन तथा आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गर्दा स्थानीय तहको संवैधानिक अधिकारको पूर्ण सम्मान गरिने अपेक्षा गरिएको अध्यक्ष सुवेदीले जनाए।

    images
    आइतवार, चैत्र २९ २०८२०८:०५:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार