Oct 02 2026 | २०८३, आश्विन १६ गते

तारकेश्वर गाउँपालिकामा आइतबार विद्यालय बन्द नहुने ।

तारकेश्वर गाउँपालिकामा आइतबार विद्यालय बन्द नहुने ।

  • 392
    SHARES

  • तारकेश्वर गाउँपालिकामा आइतबार विद्यालय बन्द नहुने ।

    नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकाले अहिलेकै अवस्थामा शनिबार आइतबार दुई दिन विद्यालय बन्द नगर्न निर्देशन दिएको छ। शैक्षिक संस्थाहरूका लागि तारकेश्वर गाउँपालिकाले शनिबार चार बुँदे निर्देशन दिंदै आइतवार विद्यालय पूर्ववत सञ्चालन हुने बताएको हो।

    संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने निर्णय भएको सन्दर्भमा तारकेश्वर गापा अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले गाउँपालिका भित्रका शैक्षिक संस्थाहरूका लागि चार वटा बुँदाहरूमा निर्देशन दिएका छन्।

    अध्यक्ष अधिकारीले चार बुँदे निर्देशन दिदै २०८३ सालको नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेण्डर तयार भइसकेको अवस्थामा विद्यालय आइतबार वन्द नगरिने बताए। उनले पूर्व निर्धारित तालिका अनुसार आगामी वैशाख २ गतेदेखि भर्ना कार्यक्रम सञ्चालन हुनुपर्नेमा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले तय भइसकेको वार्षिक शैक्षिक क्यालेण्डर प्रभावित हुने बताए ।

    उनले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको बुक फ्री डे मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गर्ने वताए । 

    यस्तो छन निर्णयहरु ।

    १. पूर्वनिर्धारित तालिका अनुसार वैशाख २ गतेदेखि भर्ना कार्यक्रम सञ्चालन हुनुपर्नेमा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको बुक फ्री डे मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गर्ने ।

    २. सोही अवधिका बीचमा नयाँ शैक्षिक सत्रका लागि कार्ययोजना निर्माण गर्ने र प्रभावकारी शिक्षण क्रियाकलापका लागि शिक्षकहरू बीच सामूहिक छलफल र शैक्षणिक सीपको आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गर्ने ।

    ३. वैशाख १५ गतेदेखि २१ गतेसम्म भर्ना कार्यक्रम र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने ।

    ४. अहिलेकै अवस्थामा सातामा दुई दिन शिक्षण संस्था बन्द गर्दा विद्यार्थीहरूको पठनपाठनका लागि आवश्यक समय अपुग हुने देखिएकाले र संघीय सरकारको सातामा दुई दिन बिदा दिने निर्णयका पछाडि इन्धनको बचत पहिलो उद्देश्यका रुपमा देखिएको र गाउँपालिकाभित्र शिक्षण संस्था सञ्चालन हुँदा इन्धनको खपतमा थपिने भार नगन्य रहने भएकाले संघीय सरकारबाट नयाँ शैक्षिक कार्ययोजना सहित विस्तृत योजना आएको खण्डमा सोही अनुसार गर्ने तर यही अवस्थामा भने नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न ढिला भएको १५ दिन र त्यसमाथि सातामा दुई दिन विद्यालय बन्द गर्दा विद्यार्थीहरूको शैक्षिक सिकाइ उपलब्धिमा गम्भीर क्षति पुग्ने देखिएकाले विद्यार्थीहरूको भविष्यप्रति जिम्मेवार हुँदै साताको एक दिन शनिबार मात्रै विद्यालय बन्द गर्ने ।आइतबार भने विगतमा झैँ विद्यालय सञ्चालन गर्ने ।

    विद्यालयहरू बाहेक गाउँपालिकाभित्रका अन्य कार्यालयहरूको हकमा भने संघीय सरकारको नीति अनुरुप नै सातामा दुई दिन कार्यालय बन्द रहने र अन्य दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताएका छन् ।

    अध्यक्ष अधिकारीले यो निर्देशन पूर्णतः कार्यान्वयन गर्न, गराउन गाउँपालिका शिक्षा शाखा र गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई र सो अनुसार भए नभएको यकिन गर्न नियमित रूपमा विद्यालयहरूको अनुगमन गर्न गाउँ प्रहरीलाई निर्देशन दिएका छन् ।

    images
    आइतवार, चैत्र २९ २०८२११:५५:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार