Oct 02 2026 | २०८३, आश्विन १६ गते

बालविकासमा परिवारको भूमिका विषयमा द सनसाइन स्कुलले गर्यो अभिभावक अभिमुखीकरण

बालविकासमा परिवारको भूमिका विषयमा द सनसाइन स्कुलले गर्यो अभिभावक अभिमुखीकरण

  • 466
    SHARES

  • बालविकासमा परिवारको भूमिका विषयमा द सनसाइन स्कुलले गर्यो अभिभावक अभिमुखीकरण

    काठमाडौं। द सनसाइन स्कुल तथा कलेजले इसीडी तहमा अध्ययनरत बालबालिकाका अभिभावकलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

    IMG-20260426-WA0007~2.jpg

    शनिवार काठमाडौँ महानगरपालिका वडा नम्बर १५, बिजेश्वरीस्थित विद्यालयका प्राचार्य बाबुराम गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा मोटिभेशनल वक्ता तथा इसीडी कन्सल्टेन्ट चाँदनी कर्मचारी र शिक्षिका सिर्जना महर्जनले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यक्रममा प्रमुख प्रशिक्षक चाँदनी कर्मचारीले बालबालिकाको प्रारम्भिक विकासमा परिवारको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै घरमा सिर्जनात्मक, सुरक्षित र सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सन्तुलित खानपिन, सकारात्मक व्यवहार र नियमित अभिभावकीय मार्गदर्शनले बालबालिकाको समग्र विकासमा टेवा पुग्ने धारणा राख्नुभयो।

    IMG-20260426-WA0006~2.jpg

    कार्यक्रमका सभापति तथा विद्यालयका प्राचार्य बाबुराम गौतमले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित रहेको बताउनुभयो। अभिभावकहरूको विश्वास र साथले विद्यालयलाई अझ सुदृढ बनाएको उल्लेख गर्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो।

    कार्यक्रममा सहभागी अभिभावक, शिक्षक तथा कर्मचारीका लागि विद्यालयले खाजा तथा खानाको व्यवस्था समेत गरेको थियो।

    IMG-20260426-WA0003.jpg

    images
    आइतवार, बैशाख १३ २०८३०८:३५:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार