Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रथम उपमेयर कप खो–खो : शान्ति निकुञ्ज र कन्या मन्दिर बने च्याम्पियन

प्रथम उपमेयर कप खो–खो : शान्ति निकुञ्ज र कन्या मन्दिर बने च्याम्पियन

  • 323
    SHARES

  • प्रथम उपमेयर कप खो–खो : शान्ति निकुञ्ज र कन्या मन्दिर बने च्याम्पियन

    काठमाडौं, असार १३ – काठमाडौं महानगरपालिकाको सहकार्य तथा काठमाडौं महानगर खो–खो संघको आयोजनामा सञ्चालन भएको विद्यालयस्तरीय प्रथम उपमेयर कप खो–खो प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

    विद्यालय तहमा खो–खो खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा काठमाडौं महानगरपालिका अन्तर्गतका १८ विद्यालयका छात्र तथा छात्रा टोलीको सहभागिता रहेको थियो।

    IMG-20260628-WA0012.jpg

    प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा विभागका अधिकृत केशव ज्ञवाली, धनकुमारी भण्डारी, सीता पाण्डे, लक्ष्मी अधिकारी, नेपाल खो–खो संघका अध्यक्ष प्रदीप महर्जन, महासचिव शंकर महर्जन, पूर्व महासचिव सानू राजा साक्य, वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण वैद्य तथा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेलकर्मी र खेलप्रेमीको उपस्थिति रहेको थियो।

    प्रतियोगिताको छात्रतर्फ शान्ति निकुञ्ज माध्यमिक विद्यालय प्रथम, विश्वनिकेतन माध्यमिक विद्यालय द्वितीय तथा भिमसेन गोला माध्यमिक विद्यालय तृतीय बने। यस्तै छात्रातर्फ कन्या मन्दिर माध्यमिक विद्यालयले उपाधि जित्दा पद्मकन्या माध्यमिक विद्यालय दोस्रो र भिमसेन गोला माध्यमिक विद्यालय तेस्रो स्थानमा रह्यो। विजेता टोलीलाई नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ। प्रथम टोलीले ५० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

    IMG-20260628-WA0011.jpg

    व्यक्तिगत उत्कृष्टतर्फ महिलामा रोजिना तामाङ ‘बेस्ट डिफेन्डर’ तथा प्रमिला हस्दा ‘बेस्ट अट्याकर’ घोषित भइन्। पुरुषतर्फ सूर्य लामिछाने ‘बेस्ट अट्याकर’ र समीर रणभियार ‘बेस्ट डिफेन्डर’ घोषित भए। उनीहरूलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

    समापन समारोहमा वक्ताहरूले विद्यालयस्तरमा नियमित रूपमा यस्ता प्रतियोगिता सञ्चालन हुन सके खो–खो खेलको भविष्य अझ उज्ज्वल हुने विश्वास व्यक्त गरे। स्थानीय सरकार, विद्यालय, नेपाल खो–खो संघ तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ गर्दै खेलको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थितिलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिइयो।

    आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा नयाँ खेलाडी उत्पादन गर्नुका साथै भविष्यमा खो–खो खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रायोजन आकर्षित गर्ने आधार समेत तयार गरेको छ।

    images
    आइतवार, आषाढ १४ २०८३०७:४५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार