Oct 02 2026 | २०८३, आश्विन १६ गते

निसानको नवौं लोकनृत्य प्रतियोगिता तथा शिक्षक–विद्यार्थी सम्मान भव्य रूपमा सम्पन्न

निसानको नवौं लोकनृत्य प्रतियोगिता तथा शिक्षक–विद्यार्थी सम्मान भव्य रूपमा सम्पन्न

  • 500
    SHARES

  • निसानको नवौं लोकनृत्य प्रतियोगिता तथा शिक्षक–विद्यार्थी सम्मान भव्य रूपमा सम्पन्न

    काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को नवौं सामूहिक लोकनृत्य प्रतियोगिता तथा एसईई शिक्षक–विद्यार्थी सम्मान कार्यक्रम–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। निसानका अध्यक्ष सौर्य आचार्यको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्य र प्याब्सन सह अध्यक्षको बिशिस्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    IMG-20260809-WA0118.jpg

    प्रतियोगितामा काठमाडौं उपत्यकाका ३१ विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा चार्ल्स डार्विन एकेडेमी २३८ अंक प्राप्त गर्दै प्रथम भएको छ। गोकरणेश्वर लाइट एकेडेमी २२५.५ अंकसहित दोस्रो र लिबर्टी एकेडेमी सेकेन्डरी स्कुल २१८ अंकसहित तेस्रो भए।

    IMG-20260809-WA0689.jpg

    IMG-20260809-WA0674.jpg

    त्यस्तै त्रिकोण पब्लिक स्कुल र लिटिल बुद्ध सेकेन्डरी स्कुल समान २१७ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा रहे। इस्ट पोइन्ट एकेडेमी २१२ अंकसहित छैटौं, बालसंसार सेकेन्डरी स्कुल २११ अंकसहित सातौं, मदन भण्डारी मेमोरियल स्कुल २११ अंकसहित आठौं र प्रारम्भ एकेडेमी २११ अंकसहित नवौं भए। क्रिश्चियन कम्युनिटी स्कुल र इन्द्रावती पब्लिक स्कुलले समान २१० अंक प्राप्त गर्दै संयुक्त रूपमा दसौं स्थान हासिल गरे। समान अंक आएपछि दुवै विद्यालयलाई संयुक्त रूपमा दसौं स्थान प्रदान गरिएको हो।

    IMG-20260809-WA0653.jpg

    IMG-20260809-WA0652.jpg

    प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ र तृतीय हुने विद्यालयले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। चौथोदेखि दसौं स्थानसम्मका विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20260809-WA0646.jpgIMG-20260809-WA0641.jpg

    कार्यक्रममा एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा उनीहरूको शैक्षिक यात्रामा योगदान पुर्‍याउने शिक्षकलाई समेत सम्मान गरिएको थियो। विद्यार्थीको शैक्षिक उपलब्धिसँगै शिक्षकको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजित सम्मान कार्यक्रमले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा प्रदान गर्ने आयोजकको विश्वास छ।

    IMG-20260809-WA0316.jpg

    त्यसैगरी एसईईमा उत्कृष्ट शैक्षिक उपलब्धि दिलाउने शिक्षक तथा उल्लेखनीय योगदान पुर्‍याउने विद्यालयलाई सम्मान गरिएको थियो। सम्मानित शिक्षक तथा विद्यालयलाई प्रशंसापत्र तथा सम्मान प्रदान गर्दै उनीहरूको योगदानको कदर गरिएको हो। निसानले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको उत्कृष्ट नतिजा र शिक्षण क्षेत्रमा उल्लेखनीय योगदान गर्ने शिक्षक तथा विद्यालयलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    IMG-20260809-WA0236.jpg

    कार्यक्रमका प्रमुख अतिथि गोकरणेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले विद्यालयस्तरबाटै नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले विद्यार्थीको शैक्षिक विकाससँगै कला, संस्कृति, सिर्जनशीलता र प्रतिभा विकासका गतिविधिलाई पनि विद्यालयले प्राथमिकता दिनुपर्ने बताए।

    IMG-20260809-WA0345.jpg

    प्याब्सन केन्द्रीय समितिका सहअध्यक्ष गोपाल आचार्यले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको बताए। उनले संस्थागत विद्यालयहरूले पढाइसँगै विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने धारणा राखे।

    IMG-20260809-WA0565.jpg

    गोकरणेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले विद्यार्थीलाई आफ्नो संस्कृति र पहिचानसँग जोड्ने गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

    IMG-20260809-WA0518.jpg

    त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख सुरेश कुमार जोशीले शिक्षा केवल पाठ्यपुस्तक र परीक्षामा सीमित नभई विद्यार्थीको सर्वाङ्गीण विकाससँग जोडिनुपर्ने बताए। कला, संस्कृति, सिर्जनशीलता र व्यवहारिक सीपलाई शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

    IMG-20260809-WA0280.jpg

    प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदा उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमताको विकास हुने धारणा राखे।

    IMG-20260809-WA0285.jpg

    कार्यक्रमका सभापति तथा निसानका अध्यक्ष एवं गोकरणेश्वर लाइट एकेडेमीका प्रधानाध्यापक सौर्यनाथ आचार्यले लोकनृत्य प्रतियोगिता केवल प्रतिस्पर्धा नभई विद्यार्थीलाई नेपाली कला, संस्कृति र मौलिक पहिचानसँग जोड्ने अभियान भएको बताए। उनले निसानले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको सांस्कृतिक तथा सिर्जनात्मक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे।

    IMG-20260809-WA0572.jpg

    उनले शिक्षक र विद्यार्थीको योगदानलाई सम्मान गर्नु शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा र प्रेरणा सिर्जना गर्ने माध्यम भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

    IMG-20260809-WA0631.jpg

    कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारी प्रसाद संजेल, हिसान केन्द्रीय समितिका सचिव भवानी प्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका परीक्षा शाखा प्रमुख दुर्गा बहादुर भुजेल, प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष आरबी अधिकारी, सचिव कृष्ण भण्डारी, काठमाडौं महानगर अध्यक्ष गगनसिंह ऐरी, प्याब्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराजा कार्की, उपाध्यक्ष ऋषिराम नेपाल, सचिव जीवन पन्थी, सहसचिव मुरारीलाल शर्मा तथा निसानका प्रमुख सल्लाहकार एवं प्याब्सन काठमाडौंका कानुनी सल्लाहकार ओमप्रसाद ढकाललगायतको उपस्थिति थियो।

    IMG-20260809-WA0123.jpg

    कार्यक्रमको सञ्चालन निसानका महासचिव नवराज सापकोटा र सचिव नारद खड्काले गरेका थिए।

    IMG-20260809-WA0628.jpgIMG-20260809-WA0627.jpgIMG-20260809-WA0392.jpg

    images
    सोमवार, श्रावण २५ २०८३०९:१७:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार