Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोशी बाढीपीडितका लागि नेसनल प्याब्सनद्वारा १ करोडभन्दा बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि नेसनल प्याब्सनद्वारा १ करोडभन्दा बढी सहयोग

  • 1.1K
    SHARES

  • भोटेकोशी बाढीपीडितका लागि नेसनल प्याब्सनद्वारा १ करोडभन्दा बढी सहयोग

    काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिक, विद्यार्थी, अभिभावक तथा विद्यालयको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेसनल प्याब्सनले १ करोड १ रुपैयाँ सहयोग गरेको छ ।

    नेसनल प्याब्सनले राज्यको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै विद्यार्थी, अभिभावक तथा विद्यालयसमेत प्रभावित भएपछि संस्थागत रूपमा सहयोग गरिएको नेसनल प्याब्सनले जनाएको छ ।

    रकम हस्तान्तरण कार्यक्रममा नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, उपाध्यक्ष बिष्णु पराजुली, महासचिव प्रकाश खड्का, सचीव बेद प्रसाद पन्त, मनोज श्रेष्ठल, प्रदेश अध्यक्ष देव नाराण महतोगायत पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति थियो ।

    IMG-20260915-WA0004.jpg

    भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै विद्यालय भवन, शैक्षिक सामग्री र अन्य पूर्वाधारमा समेत क्षति पुगेको छ । प्रभावित विद्यार्थी र उनीहरूका परिवार कठिन अवस्थामा रहेकाले राहत तथा उद्धारसँगै शिक्षा क्षेत्रमा परेको क्षति न्यूनीकरण र विद्यार्थीको सिकाइ निरन्तरता कायम गर्न तत्काल सहयोग आवश्यक रहेको नेसनल प्याब्सनले जनाएको छ ।

    नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विपद्को समयमा राज्यको राहत तथा उद्धार अभियानमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको बताए । प्रभावित नागरिक तथा विद्यार्थीको कठिन अवस्थालाई मध्यनजर गर्दै संस्थागत रूपमा योगदान गरिएको उनको भनाइ छ । उनले प्रभावित विद्यालयको शैक्षिक गतिविधि पुनः सञ्चालन, विद्यार्थीको पठनपाठन निरन्तरता तथा क्षतिग्रस्त शैक्षिक संरचनाको पुनःस्थापनामा आवश्यक सहयोग र समन्वय गरिने बताए ।

    नेसनल प्याब्सनले विभिन्न विपद्का समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको जनाएको छ । यसपटकको सहयोग पनि बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन राज्यसँग सहकार्य गर्ने उद्देश्यले गरिएको हो ।

    बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै विद्यालय र विद्यार्थीको अवस्थाबारे समेत गम्भीर चासो बढेको छ । यस्तो अवस्थामा शिक्षण संस्था र विद्यार्थीको हितलाई समेत प्राथमिकतामा राखेर गरिएको नेसनल प्याब्सनको सहयोगले विपद्मा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र राज्यसँगको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

    images
    मंगलवार, भाद्र ३० २०८३०५:०९:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार