Oct 02 2026 | २०८३, आश्विन १६ गते

विज्ञान दिवस : वैज्ञानिक सोच र नवप्रवर्तनको सन्देश

विज्ञान दिवस : वैज्ञानिक सोच र नवप्रवर्तनको सन्देश

  • 197
    SHARES

  • विज्ञान दिवस : वैज्ञानिक सोच र नवप्रवर्तनको सन्देश

    काठमाडौं । नेपालमा आज राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने गरिन्छ।

    विज्ञान तथा प्रविधिको महत्वबारे जनचेतना अभिवृद्धि, वैज्ञानिक सोचको विकास तथा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। सरकारले विसं २०७० असोज १ गतेदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो।

    राष्ट्रिय विज्ञान दिवसका अवसरमा विद्यालय तथा शैक्षिक संस्थाहरूमा विज्ञान प्रदर्शनी, हाजिरीजवाफ, वक्तृत्वकला, प्रयोगात्मक प्रदर्शन तथा विज्ञानसम्बन्धी अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गरिन्छ।

    शैक्षिक क्षेत्रमा विज्ञानलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रयोग, अनुसन्धान र दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिइँदै आएको छ। विद्यार्थीमा प्रश्न गर्ने, खोज्ने, परीक्षण गर्ने र नयाँ कुरा सिर्जना गर्ने प्रवृत्तिको विकास गर्न विज्ञान शिक्षालाई प्रयोगात्मक र अनुसन्धानमुखी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

    पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधिको तीव्र विकास भइरहेकाले विद्यालय तहदेखि नै विद्यार्थीलाई विज्ञान, प्रविधि, डिजिटल सीप तथा नवप्रवर्तनसँग जोड्नुपर्ने आवश्यकता थप बढेको छ।

    विज्ञान तथा प्रविधिको विकासले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सञ्चार तथा अन्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्दै आएको छ। यस्तो अवस्थामा अनुसन्धानमा लगानी, वैज्ञानिक जनशक्ति उत्पादन तथा विद्यार्थीमा वैज्ञानिक सोचको विकासलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको धारणा छ।

    राष्ट्रिय विज्ञान दिवसले विज्ञानलाई परीक्षाका लागि पढिने विषय मात्र नभई समस्या समाधान, सिर्जनशीलता र राष्ट्र विकासको आधारका रूपमा बुझाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    images
    बिहिवार, आश्विन १ २०८३०७:३४:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार