Nov 19 2026 | २०८३, मंसिर ४ गते

शिक्षा नियमावलीको ११औँ संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै

शिक्षा नियमावलीको ११औँ संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै

  • 555
    SHARES

  • शिक्षा नियमावलीको ११औँ संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै

    ६ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

    यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको संशोधन प्रस्ताव अर्थ मन्त्रालयबाट प्राप्त भएसँगै शिक्षा मन्त्रालयले शुक्रबार उक्त प्रस्ताव कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

    शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रका सरोकारवालाहरूले उठाउँदै आएका विभिन्न गुनासा र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले मन्त्रालयले शिक्षा नियमावली संशोधनको प्रक्रिया अघि बढाएको हो।

    अर्थ मन्त्रालयको सहमतिपछि कानुन मन्त्रालयमा पठाउने निर्णय भएसँगै शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया थप अघि बढेको छ। कानुन मन्त्रालयको सहमति प्राप्त भएपछि संशोधन प्रस्तावले थप प्रक्रिया अघि बढाउनेछ।

    images
    शुक्रवार, कार्तिक २१ २०८३०६:५३:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार