Nov 19 2026 | २०८३, मंसिर ४ गते

टर्कीका शिक्षामन्त्री र नेपाली शिक्षामन्त्री पोखरेलद्वारा किन्डरगार्टेनको अवलोकन

टर्कीका शिक्षामन्त्री र नेपाली शिक्षामन्त्री पोखरेलद्वारा किन्डरगार्टेनको अवलोकन

  • 362
    SHARES

  • टर्कीका शिक्षामन्त्री र नेपाली शिक्षामन्त्री पोखरेलद्वारा किन्डरगार्टेनको अवलोकन

    टर्की ([टर्किए (Türkiye)] का राष्ट्रिय शिक्षा मन्त्री युसुफ टेकिनले नेपालका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगै अन्ताल्यास्थित ‘१५ जुलाई मार्टियर्स किन्डरगार्टेन’को भ्रमण गर्नुभएको छ।

    कोप–३१ प्रक्रियामा विशेष प्राथमिकताका साथ उठाइएको वातावरणीय चेतना र दिगोपनासम्बन्धी विद्यालयका गतिविधिको अवलोकन गर्न दुवै मन्त्री विद्यालय पुग्नुभएको हो। भ्रमणका क्रममा विद्यार्थीहरूले परम्परागत लोकनृत्य प्रस्तुत गरेका थिए। मुरातपासा जिल्लामा रहेको उक्त किन्डरगार्टेनको भ्रमणमा टर्कीका राष्ट्रिय शिक्षा मन्त्री युसुफ टेकिन, नेपालका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेटिन र राष्ट्रिय शिक्षा प्रान्तीय निर्देशक मेहमेत यासिन एरिस सहभागी हुनुहुन्थ्यो।

    IMG-20261115-WA0030.jpg

    विद्यालयमा मन्त्री टेकिनले शिक्षक तथा अभिभावकसँग कुराकानी गर्नुभएको थियो। उहाँले शिक्षकहरूलाई विद्यालयमा कुनै आवश्यकता वा सुविधाको कमी भए–नभएकोबारे सोध्नुभएको थियो। त्यसपछि विद्यार्थीहरूले भ्रमण टोलीसमक्ष लोकनृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीको प्रस्तुति अवलोकन गरेपछि मन्त्री टेकिनले विद्यालयका विभिन्न क्षेत्रको भ्रमण गर्नुभयो।

    IMG-20261115-WA0036.jpg

    भ्रमणका क्रममा उहाँले किन्डरगार्टेनमा सञ्चालित कार्यशाला र बिरुवा उत्पादन क्षेत्रको अवलोकन गर्नुभयो। कार्यशालामा प्रदर्शन गरिएका शून्य फोहोरसम्बन्धी परियोजनाहरूको समेत निरीक्षण गर्नुभयो। बिरुवा उत्पादन क्षेत्रमा टमाटरका बिरुवा रोपिरहेका एक विद्यार्थीलाई उहाँले अँगालो हाल्नुभएको थियो।

    प्रकृतिसँग सामञ्जस्य कायम गर्दै विद्यार्थीहरूले गरेका कामको अवलोकन गरेपछि भ्रमण टोलीले विद्यालयका विभिन्न गतिविधि सञ्चालन हुने क्षेत्रहरूको समेत भ्रमण गरेको थियो।

    IMG-20261115-WA0031.jpg

    विद्यालय भ्रमणका क्रममा मन्त्री टेकिन र उहाँसँगै आएको टोलीलाई पालुङ्गोबाट तयार पारिएको टर्किस परिकार ‘गोज्लेमे’ (एक प्रकारको रोटी) र चिया खुवाइएको थियो।

    खाजा ग्रहण गरेपछि मन्त्री टेकिनलाई फूल प्रदान गरिएको थियो। त्यसपछि उहाँले विद्यालयको भ्रमण समापन गर्नुभएको थियो।

    IMG-20261115-WA0034.jpg

    images
    आइतवार, कार्तिक ३० २०८३०८:१९:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार