Nov 19 2026 | २०८३, मंसिर ४ गते

निलम्बनमा परेको नेशनल प्याब्सन पुनः एकताको नजिक

निलम्बनमा परेको नेशनल प्याब्सन पुनः एकताको नजिक

  • 545
    SHARES

  • निलम्बनमा परेको नेशनल प्याब्सन पुनः एकताको नजिक

    काठमाडौँ । गृह मन्त्रालयबाट निलम्बनमा परेको नेशनल प्याब्सन पुनः एकताको दिशामा अघि बढेको छ। पछिल्लो समय सम्बन्धित पक्षबीच भइरहेको वार्ता र संवाद सकारात्मक बन्दै गएसँगै संस्था पुनः एकताबद्ध हुने सहमति नजिक पुगेको हो।

    विगतमा सँगै रहेर संस्थागत गतिविधिमा सक्रिय रहेका पक्षहरूबीच केही समय दूरी बढे पनि पछिल्लो समय पुनः एकताबद्ध हुने वातावरण बनेको छ। संस्थालाई विभाजनको बाटोमा नभई एकताको माध्यमबाट साझा उद्देश्यतर्फ अघि बढाउनुपर्ने धारणा बलियो बन्दै गएको छ।

    विगतका असमझदारी र मतभेदलाई अन्त्य गर्दै आपसी विश्वास, सहकार्य र समझदारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ। जारी वार्ता र संवादले सकारात्मक निष्कर्ष दिने अपेक्षा गरिएको छ।

    एकता प्रक्रियाले पूर्णता पाए नेशनल प्याब्सन थप सशक्त, संगठित र प्रभावकारी बन्ने विश्वास गरिएको अध्यक्ष सुवास न्यौपानेले बताउनुभयो। संस्थाको हित र संस्थागत शैक्षिक क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा उठाउन पनि एकता आवश्यक रहेको उहाँको भनाइ छ।

    images
    सोमवार, मंसिर १ २०८३१२:१३:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार