Nov 19 2026 | २०८३, मंसिर ४ गते

माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन खुल्यो

माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन खुल्यो

  • 269
    SHARES

  • माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन खुल्यो

    नेपाल सरकार, शिक्षक सेवा आयोग (सानोठिमी, भक्तपुर) ले २०८३ सालको माध्यमिक तहको अध्यापन अनुमतिपत्र (Teaching License) का लागि आधिकारिक विज्ञापन खुलाएको छ। आयोगले जारी गरेको ४५/०८३/८४ नम्बरको विज्ञापनअनुसार तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक नेपाली नागरिकहरूले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।

    आयोगका अनुसार आगामी २०८३ मंसिर ७ गते सोमबारदेखि अनलाइन आवेदन प्रक्रिया सुरु हुनेछ। इच्छुक उम्मेदवारले नियमित दस्तुर रु. १,००० बुझाएर २०८३ पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन्। यस्तै, दोब्बर दस्तुर तिरेर पुस १४ गतेसम्म दरखास्त बुझाउन सकिने व्यवस्था मिलाइएको छ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर १८ वर्ष पूरा भएको हुनुपर्नेछ।

    यस पटक विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन वा बाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिहरूले तालिम नलिएको भए पनि परीक्षामा सहभागी हुन पाउने विशेष व्यवस्था गरिएको छ। यी बाहेक अन्य विषयका लागि भने नियमअनुसारको तालिम अनिवार्य गरिएको छ।

    आवेदकहरूले आयोगको आधिकारिक अनलाइन प्रणाली https://license.tsc.gov.np/ मा गई आफ्नो नागरिकता, हालसालै खिचेको फोटो, दस्तखत नमुना र शैक्षिक प्रमाणपत्रहरू स्क्यान गरी अपलोड गर्नुपर्नेछ। दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेडको भौचरमार्फत अथवा Connect IPS, e-Sewa, Khalti र IME Pay जस्ता अनलाइन माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ।

    सबै प्रदेशमा एकै दिन र एकै समयमा वस्तुगत लिखित परीक्षा सञ्चालन हुने भएकाले उम्मेदवारले आफू सहभागी हुन चाहेको कुनै एक प्रदेश मात्र छनोट गर्नुपर्ने आयोगले जनाएको छ। परीक्षा सञ्चालन हुने मिति, समय र केन्द्रसम्बन्धी विस्तृत जानकारी पछि प्रकाशन गरिनेछ।

     

    images
    मंगलवार, मंसिर २ २०८३०७:३६:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार