आइतवार, कार्तिक २३ २०७७
नेपालको इतिहास (आधुनिक ) सम्बन्धी -दोश्रो चरण (१७० वटा मुख्य प्रश्नोत्तर + ६० जति सहायक प्रश्नोत्तर)
१ शाह उपाधी धारण गर्ने प्रथम शाहवंशिय राजा को हुन ?
-कुलमण्डन खाँ ( आफ्नो वंशका सातौ राजा हुन )
२ गोरखामा शाहवंशको स्थापना हुनु अघि कसले राज्य चलाउथे ?
-खडकाहरुले ३ राम शाहले गोरखामा कति समय शासन गरे ? -२७ वर्ष
४ नरभुपाल शाहले कहिले देखी कहिले सम्म शासन चलाए ?
- वि•सं• १७७३ - १७९९
५ एकिकरण हुनु अघिका गोर्खाका शाहवंसिय राजा
-द्रव्य शाह - पुरन्दर शाह - छत्र शाह - राम शाह - डम्बर शाह - कृष्ण शाह - रुद्र शाह - पृथ्विपती शाह - नरभुपाल शाह
६ एकिकरण पछि शाहवंसिय राजाहरु
-पृथ्विनारयण शाह - प्रतापसींह शाह - रणबहादुर शाह - गीवार्णयुद्दविक्रम शाह - राजेन्द्रविक्रम शाह - सुरेन्द्रविक्रम शाह - त्रैलोक्यविक्रम शाह - पृथ्वी वीरविक्रम शाह - त्रीभुवन वीरविक्रम शाह - महेन्द्र वीरविक्रम शाह - वीरेन्द्र वीरविक्रम शाह - दीपेन्द्र वीरविक्रम शाह - ज्ञानेन्द्र वीरविक्रम शाह पृथ्विनारायण शाह © लोक सेवा तयारी फेसबुकबात ------------------
७ पृथ्विनारायण शाहको जन्म कहिले भएको हो ?
- वि• सं• १७७९ पुस - २७
८ पृथ्विनारायण शाहले शासनकाल कति वर्ष सम्म गरे ?
-३२ वर्ष ( १७९९-१८३१)
९ पृथ्विनारायण शाहको पहिलो विवाह इन्द्रकुमारी सँग भएको थियो भने दोश्रो को सँग भएको थियो ?
-नरेन्द्रलक्ष्मी उनि काशिका राजपुत अभिमानसींह छोरी थिइन ।
१० पृथ्वीनारायण शाहले पहिलो आक्रमण गरेको थियो ?
-नुवाकोट
११ पृथ्विनारायण शाहले…… - १२ वर्षे सम्यक पुजाको परम्परको थालनी
- बसन्तपुरको नौतले दरबार निर्माण - लालमोहर लगाउने प्रचलनको सुरुवात
- राष्ट्रीय झण्डाको प्रचलन - खरिदार पदको चलन चलाउने
१२ पृथ्विनारायण शाहले काशिमा गइ भारद्वाज गोत्र त्यागी कुन गोत्र धारण गरे ?
-कश्यप
१३ नरभुपाल शाहले (वि स १७९४) मा र पृथ्विनारायण शाह ( वि स १८००) मा समेत पराजय बेहोरेको नुवाकोटमा तेश्रोपटक कहिले विजय प्राप्त गरे ?
- वि•सं• १८०१
१४ एकिकरणको अभियान (वि•सं• मा)
- नुवाकोट विजय = १८०१ अशोज १५ - नालदुम विजय = १८०३ - लामिडाँडा विजय = १८०४ - दहचोक,महादेवपोखरी विजय= १८११ - काभ्रे विजय = १८१६ - मकवानपुर विजय = १८१९ - किर्तिपुर विजय-तेश्रो आक्रमण = १८२२ चैत्र ३ -क्यापटेन किनिलकसंगको युद्द = १८२३ - कान्तिपुर विजय = १८२५ अशोज १३ - ललितपुर विजय = १८२५ अशोज २४ - भक्तपुर विजय = १८२६ - विजयपुर विजय = १८३१ श्रावण ५
१५ पृथ्विनारायण शाहका दिव्योपदेशहरु
- नेपाल ४ जात ३६ वर्णको साझ फुलबारी हो । - प्रज मोट भया दरबार बलियो हुन्छ । - जाई कटक गर्नु झिकी कटक नगर्नु
१६ पृथ्विनारायण शाहको मृत्यु कहिले भए ?
- वि•सं• १८३१ माघ १ अन्य शाहवंशिय राजाहरु(छोटकरिमा) ----------------------------
१७ प्रतासींह शाहले कति समय शासन गरे ?
-३ वर्ष
१८ प्रतापसींहका भाई को हुन ?
- बहादुर शाह
१९ प्रतापसींह शाहको मृत्यु हुदा कति जना रानिहरु सति गएका थिए ?
-९ जना © लोक सेवा तयारी फेसबुकबाट
२० नेपालको शाहकालिन इतिहासमा योग्य पिताको योग्य पुत्र भनेर कसलाई चिनिन्छ ?
- बहादुर शाह
२१ बहादुर शाहको पालामा नेपालको सिमाना कहाँ पुगेको थियो ?
- पुर्वमा टिष्टादेखी पश्चिममा सतलजसम्म
२२ रणबहादुर शाहले कति समय शासन गरे ?
-२१ वर्ष
२४ राजधानी काठमाडौंबाट नुवाकोटमा कसको पालामा सरिएको थियो ?
- रणबहादुर शाह
२५ बालाजुको २२ औं धारा कसले बनाएको हुन ?
- रणबहादुर शाह
२६ " म मरे मुलुक ड्ब्न्या छैन, भिमसेन मरे मुलुक ड्ब्न्या छ" भन्ने भनाई कसको हो ?
- रणबहादुर शाह
२७ भिमसेन थापाको जन्म कहाँ भएको हो ?
- गोर्खाको बोर्लाङमा
२८ भिमसेन थापाले गरेका केहि कार्यहरु…
- सुन्धाराको निर्माण - राहदानी प्रथाको सुरुवात - बन्धकी प्रथाको अन्त्य - छाउनिमा राष्ट्रीय संग्राहलय निर्माण - सम्पुर्ण जग्गको नापी गराएक
२९ नेपालको प्रथम सैनिक जनरल र प्रधानमन्त्री हुने भिमसेन थापा हुन ।
३० गिवार्णयुद्दको शासन अवधी कति हो ?
- १८ वर्ष
३१ शाहवंशका सबैभन्दा सानो उमेर(डेढ बर्ष) मा राजा को भएका थिए ?
- गिवार्णयुद्द
३२ कुन राजालाई राजगद्दिबाट पदच्युत गरि जङबहादुरले बन्दी बनाएका थिए ?
- राजेन्द्रविक्रमलाई
३३ नेपालको कुन पर्वलाई राजाले घटाएको पर्व भनिन्छ ?
- औलो पर्व ३४ सुरेन्द्रविक्रम शाहले कति वर्ष शासन सञ्चालित गरे ?
-३४ वर्ष
३५ पहिको मुलुकी एन कसको पालामा जारी भएको थियो ?
- सुरेन्द्रविक्रम शाह
३६ जङ्गबहादुरलाई श्री ३ को पदवी दिने राजा को हुन ?
- सुरेन्द्रविक्रम शाह
३७ पृथ्विवीरविक्रम शाहले कति वर्ष शासन सञ्चालन गरे ?
- ३० बर्ष
३८ गोरखा दक्षिण बाहुको स्थापना गर्ने राजा को हुन ?
- पृथ्वी वीरविक्रम शाह
३९ शाहवंशमा सबैभन्दा बढी शासन गर्ने राजा को हुन ?
- त्रीभुवन (४३ बर्ष )
४० युरोप भ्रमण गर्ने प्रथम शाहवंशिय राजा को हुन ?
- त्रीभुवन
४१ नेपालमा प्रजातन्त्र ल्याउनमा उल्लेखेनिय भुमिका खेल्ने राजा को हुन ?
- त्रीभुवन
४२ राजा त्रीभुवनको पालामा राणा प्रधानमन्त्री मोहनशमशेरले दरबारको मर्यदामा आँच आउने गरि राजालाई के भन्थे ?
- नारायणहिटिको ठकुरी
४३ श्री ५ महेन्द्रले कति वर्ष शासन गरे ?
-१७ वर्ष
४४ नेपालको योजनाबद्द विकासको थालनी कुन राजाको पालामा भयो ?
- श्री ५ महेन्द्र
४५ श्री ५ महेन्द्रले कहिले निर्दलिय पञ्चायती व्यवस्था सञ्चालन गरे ?
- वि• सं• २०१७
४६ "उ बाँच्न लायक छ , जो मर्न देखी डराउदैन" कसको भनाई हो ?
-श्री ५ महेन्द्र
४७ महेन्द्र राजाको मृत्यु कहिले भयो ?
- वि • सं• २०१८ माघ १७
४८ विरेन्द्र वीरविक्रम शाहले कति वर्ष शासन गरे ?
-३० बर्ष (वि स २०२८- २०५८)
४९ राजा विरेन्द्रले नेपालको पहिलो जनमत सङ्ग्रह कहिले गराए ?
- वि•सं• २०३७ ५० सालिन छवी भएका राज भनेर कसलाई चिनिन्छ ?
- विरेन्द्र ५१ राजा विरेन्द्रले नेपाललाई शान्ती क्षेत्र घोषणा गरियोस भन्ने प्रस्ताब विश्व समुदायमाझ कहिले राखेका हुन ?
- वि•सं• २०३१ फागुन १३
५२ राजा विरेन्द्रको हत्या कहिले भयो ?
- २०५८ जेठ १९
५३ नेपालको इतिहासमा अचेत अवस्थामा कसलाई राजा घोषित गरिएको थिए र उनि कति समयका लागी राजा भए ?
- दिपेन्द्र वीरविक्रम शाह (५४ घण्टा ३० मिनेट)
५४ राजा ज्ञानेन्द्र कति बर्ष शासन अवधी सञ्चालन गरे ?
-७ वर्ष
५५ ज्ञानेन्द्र कहिले पदच्युत भए ?
- वि•सं• २०६५ जेठ १५ (मुलुक गणतन्त्र घोषणा भएपछी )
५६ ज्ञानेन्द्रले कहिले प्रत्क्ष्य शासन आफ्नै हातमा लिएक थिए ?
- २०६१ माघ १९ राणाकाल ----------
५७ महिला मिनिस्टर भनेर कसलाई चिनिन्छ ?
- बमबहादुर राणा
५८ राणाकालमा सरकारले जनतालाई दिने सुचनालाई के भनिन्थियो ?
- इस्तिहार
५९ राणाहरुम नाती जर्नेल भनेर कसलाइ चिनिन्छ ?
- पशुपतीशमशेर राणा
६० वीर अस्पातल कसले निर्माण गराए ?
- वीरशमशेर( वि स १९४७ )
६१ नेपालमा पहिलो महिला सिक्षाको सुरुवात गर्ने वीरसमशेर हुन ।
६२ प्रधानमन्त्री बन्ने धिरशमशेर ५ भाई छोराहरु को को हुन ?
- वीरशमशेर - देवशमशेर - चन्द्रशमशेर - भिमशमशेर - जुद्दशमशेर
६३ देवशमशेर कार्यलय समय कति बनाए ?
- बिहान १० देखी ५ बजे सम्म
६४ फिस्टे महाराज कसको उपनाम हो ?
- चन्द्रशमशेर
६५ नेपालमा एस एल सि उत्तिर्ण गर्ने प्रथम प्रधानमन्त्री को हुन ?
- चन्द्रशमशेर
६६ सिंहदरबार कसको पालामा निर्माण भएको थियो ?
- चन्द्रशमशेर
६७ नेपालको पहिलो बैज्ञानिक गेहेन्द्र शमशेरले कतिवटा विरगन बनाएका थिए ?
-३६ वट
६८ सनिबार विदा दिने प्रचलन चलाउने को हुन ?
- भिम शमशेर
६९ कर्मचारिलाई पेन्सन दिने व्यबस्था कसले ल्याएका हुन ?
- जुद्द शमशेर
७० सदर चिडियाखानाको स्थापना कसले गरेका हुन ?
- जुद्दशमशेर
७१ द्दितिय विश्वयुद्द हुदा नेपालका प्रधानमन्त्री जुद्व शमशेर थिए ।
७२ अन्तिम राणा प्रधानमन्त्री को हुन ?
-मोहनशमशेर
७३ स्वप्न बगैचाका डिजाईनर कसले गरेका हुन ?
- किशोर नरसींह राणा (केशर शमशेरले स्थापना गराएका)
७४ राणाशासन पतनहुनुका कारणहरु:-
- नेपाली समाजमा बढ्दै गएको जनचेतना - तत्कालिन राजा त्रीभुवनको सक्रीय नेतृत्व - राणाहरुको शोषण - राणाहरु आफै वर्गमा विभाजित हुनु…… आदि © लोकसेवा तयारी फेसबुकबाट नेपालका शहिदहरु ---------------
७६ नेपालका प्रथम सहिद को हुन ?
- लखन थापा
७७ जङ्गबहादुरले लखन थापालाई कहिले मृत्युदण्ड दिएका थिए ?
- वि •सं• १९३३ फागुन २
७८ "जङ्गबहादुर मेरो लाशसँगै सति जानेछ" कसले भनेका थिए ?
- लखन थापा
७९ नेपाल सरकारले कहिले लखन थापालाई नेपालको प्रथम सहिदको मान्यता दियो ?
- वि•सं• २०५६ ८० चार सहिद मध्ये पहिलो सहिद को हुन ?
- सुक्रराज शास्त्री
८१ शुक्रराज शास्त्रीलाई कहिले फाँसि दिएको थियो ?
- १९९७ माघ १० गते (टेकुको पचलिको खरिको रुखमा झुण्डयाईएर)
८२ जय नेपालको प्रथम प्रयोगकर्ता को हुन ?
-शुक्रराज शास्त्री
८३ धर्मभक्त माथेमालाई कहाँ झुण्डाईएको थियो ?
-सिफलको बकाईनाको रुखमा( १९९७ माघ १२ गते)
८४ धर्मभक्त माथेमालाई के अभियोग लगाईएको थियो ?
- राजद्रोहको अभियोग
८५ दशरथ चन्दको वास्तविक नाम के हो ?
- शेरबहादुर चन्द
८६ दशरथलाई कसरी मृत्युदण्ड दिएको थियो ?
- गोलि हानेर( १९९७ माघ १४)
८७ चार सहिदमध्ये कान्छा सहिद को हुन ?
- गंगालाल श्रेष्ठ
८८ शोभा भगवतिमा गोलि हानी कुन शहिदलाई मृत्युदण्ड दिएको थियो ?
- गंगालाल श्रेष्ठ ( १९९७ माघ १४) # नेपालमा बिभिन्न आन्दोलनमा धेरै नेपाली जनताले विरगती प्राप्त गरेका छन ।धेरै जनालाई सरकारले सहिद पनि घोषणा गरिसकेको छ ! हामिले यहाँ प्रस्तुत गरेका छैनौ । जनआन्दोलनहरु ----------------
८९ वि•सं• २००७ - १०४ वर्ष लामो राणा शासन अन्त्री - राजाको गुमेको अधिकार पुनर्स्थापना - प्रजातन्त्रीक शासन व्यवस्थाको सुरुवात
९० वि•सं• २००७ पछि - पहिलो आमनिर्वाचन = वि स २०१५ - पहिलो जननिर्वाचित प्रधानमन्त्री= विश्वेश्वरप्रसाद कोइराला - गाउँफर्क राष्ट्रीय अभियान = वि स २०२४ - जनमत सङ्ग्रह सम्पन्न - वि स २०३७ बैशाख २० टिम्बुरबोटे ओडार काण्ड ----------------
९१ कहिले ? - वि स २०३१
९२ स्थान ?
- सोलुखुम्बु जिल्ला
९३ अप्रत्यक्ष कमाण्डर
- गिरिजा प्रसाद कोइराला वि•सं• २०४६ सालको जनआन्दोलन --------------------------
९३ सुरुवात ?
- २०४६ फागुन ७ गते
९४ समय- सम्म ?
- ४९ दिन
९५ प्रधानमन्त्री ( त्यसबखत) ?
- मरिचमान सिंह
९६ जनआन्दोलन साम्य पार्न राजा विरेन्द्रले कहिले मन्त्रीमण्डल पुनर्घटन गरे ?
-वि स २०४६ चैत्र १९
९७ नेपालमा बहुदलिय व्यबस्थाको सुरुवात कहिले भयो ?
- वि स २०४६ चैत्र २६
९८ बहुदलिय व्यबस्थाको पुनर्स्थापना पछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा कहिले मन्त्रीपरिषदको घटन भयो ?
- वि स २०४७ बैशाख ६ दोश्रो जनआन्दोलन २०६२-६३ ---------------------------
९९ सात दलहरु :-
- नेपाली कांग्रेस - नेकपा एमाले - नेपाली कांग्रेस प्रजातान्त्रीक - संयुक्त जनमोर्चा नेपाल - नेपाल मजदुर किसान पार्टी - नेपाल सदभावना पार्टी आनन्दीदेवी - संयुक्त बाममोर्चा
१०० सुरुवात ?
- वि स २०६२ जेठ ८
१०१ अन्तिम चरणको ?
- वि स २०६२ चैत्र २४
१०२ कति दिन- समय ?
- १९ दिन
१०३ सहिद कति जना ?
- २५ जना
१०४ दोश्रो जनआन्दोलनमा मृत्यु हुने २१ जनालाई कहिले शहिद घोषणस गर्यो ?
- वि स २०६३ जेठ २१
१०५ अन्तिम चरणको आन्दोलनमा ७ दल सहित नेकपा माओबादिको सहाभिगता पनि थियो । ६२-६३ पछिको आन्दोलन पश्चात -
१०६ नेपालको राष्ट्रीय गानको सार्वजनिक कहिले भयो ?
- वि स २०६४ साउन १८
१०७ काठमाडौं उपत्यकामा महानगरिय प्रहरिको व्यवस्था कहिले भयो ?
-वि स २०६३ मंसिर १
१०८ राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा कहिले भयो ?
-वि स २०६४ जेठ १५
१०९ नेपालको अन्तरिम संविधानको घोषणा कहिले भयो ?
-वि स २०६३ माघ १
११० डा• रामवरण यादव नेपालको पहिलो राष्ट्रपती कहिले घोषणा भए ?
- वि स २०६५ साउन ०६
१११ नेपाल सरकारले नेपाल सम्वतलाई कहिले मान्यता दियो ?
- वि स २०६५ कार्तिक ०८
११२ पुष्पकमल दाहल कहिले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भए ?
- वि स २०६५ साउन ३१
११३ सरकारद्वारा नागरिकतालाई अङ्ग्रेजी भाषामा दिन कहिले सुरुवात गर्यो ?
- वि स २०६६ मंसिर ०१
११४ गिरिजाप्रसाद कोइरालाको निधन कहिले भयो ?
- वि स २०६६ चैत्र ७
११५ नारयणहिटी सङ्ग्रहलय कहिले देखो सर्वसाधरणको लागी खुल्ला गरियो ?
- वि स २०६५ फागुन १६ नेपालका विभिन्न सन्धिहरु -------------------- केरुङ सन्धी ----
११६ कहिले ?
- वि•सं• १८४६
११७ को संग ?
- तिब्बत
११८ शर्तहरु:-
- नेपालले तिब्बतमा अपराध गरे नेपालले मात्र दण्डित गर्ने -तिब्बतले नेपाललाई सुद्द नुन दिने - तिब्बती व्यापारी नेपाल पस्न नपाउने र सिक्किम मार्ग बन्द गर्ने वेत्रावती सन्धि ------
११९ कहिले ? - वि•सं• १८४९
१२० को संग ?
- चीन थापथली सन्धी
१२१ कहिले ?
- वि•सं• १९१२
१२२ को संग ?
- तिब्बत सुगौली सन्धी ----------
१२३ कहिले ?
- वि•सं• १८७२
१२५ को संग ?
- ब्रीटिश
१२६ शर्तहरु:-
क)• माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।
ख). युद्ध हुनु भन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् ।
ग). नेपालका राजा माननीय इस्ट-इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन् -(काली र राप्ती नदीको बीचकाख सम्पूर्णतल्ला भागहरु, (राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि, (गण्डकी र कोशी बीचको समस्त तल्लो भूभाग, (मेची र टिस्टाबीचको समस्त तल्लो भूमि, (मेची नदीभन्दा पूर्वतर्फकोसम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिन भित्रमा गोर्खाली सेनाले खाली गरिदिनुपर्नेछ । © लोक सेवा तयारी फेसबुकबाट
घ). नेपाल राज्यका प्रमुख र भारदारहरु ज-जस्को स्वार्थमा माथि उल्लिखित अभिधाराले हानि पुर्याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिश सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुइ लाख रुपैया पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ ।
ङ). नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरुको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।
च). नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरु बीच कुनै मत भिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिश सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नुपर्नेछ ।
छ). नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिश सरकारको अनुमतिबिना कुनै ब्रिटिश प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिले पनि राख्ने छैनन् ।
ज). दुवै राज्यका बीचमा मित्रता र शान्ति-सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।
झ). यो सन्धि जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्धारा आजको मितिदेखि १५ दिनभित्र अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफि्टनेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सो भन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् । नेपालका पर्वहरु ---------- कोतपर्व --------
१२७ कहिले ?
- वि•सं• १९०३ असोज ०२
१२८ कति जनाको हत्या भएको ?
- ४० जनाको १२९ यस पर्वमा चौतरिया, बस्नेत , पाँडे, थापा, विष्ट आदि एक चिहान भएका थिए भने । जङ्गबहादुर र उनका भाई बचेर शक्तिशाली भएका थिए । भण्डारखाल पर्व ---------- १३० कहिले ? - वि•सं• १९०३ कार्तिक १२
१३१ उद्देश्य ?
- भोजमा जङगबहादुरलाई निम्त्याई हत्या गर्ने योजना
१३२ कति जना मारिए ?
- २३ जना
१३३ जङगबहादुरले घटनको सुचना पण्डित विजयराजबाट थाहा पाएपछी भोजमा ४ पल्टन लगेर उनका विरोधी सबैलाई हत्या गरेका थिए ! यस पर्वमा बस्नेतहरु धेरै मारिएकाले बस्नेत पर्ब पनि भनिन्छ । अलौं पर्व -------- १३४ कहिले ? - वि•सं• १९०४ साउन
१३५ उद्देश्य ?
- राजा राजेन्द्रलाई जङगबहादुर देखी डराई उनको हत्या गर्न पर्शाको अलौं( बरेवा) भन्ने ठाँउमा १२०० सैनिक खडा गरेका थिए ।
१३६ जङबहादुरले सनकसींह र बमबहादुरको नेतृत्वमा गएको फौजले राजेन्द्रको सिपाहिहरुलाई पराजित गरेपछी राजा राजेन्द्रलाई राजबन्दिको रुपमा भक्तपुरमा राखियो । ३४ बर्ष जेल जिवन पश्चात
- वि•सं• १९३८ मा उनको निधन भयो । १९०७ सालको पर्व ---------------
१३७ उद्देश्य ?
- जङबहादुरलाई पदच्युत गर्ने
१३८ पोल खोल्ने व्याक्ती ?
- बमबहादुर
१३९ कुटनैतिक चाल चली योजनाकार उपेन्द्रविक्रम लगायत ३ जनालाई भारतको इलाहाबादमा कैद गर्ने व्यवस्था मिलाईयो । ३८ सालको पर्व -------------
१४० कहिले ?
- वि•सं• १९३८
१४१ योजनाकार ?
- नरेन्द्रविक्रम शाह
१४२ उद्देश्य ?
- रणोद्दिप सिंहलगायत धीर शमशेरको शन्तती निर्मुल गर्ने
१४३ कति जनाको हत्या ?
- ४१ जना
१४४ पकडाउ परेपछी संलग्न व्याक्तिहरुलाई भारतको इलाहावदको चुनार जेलमा थुनामा राखियो । जहाँ जङगबहादुरका छोरा जगतजङ्ग पनि परेका थिए । अन्य केहि © लोक सेवा तयारी फेसबुकबाट --------
१४५ लाईब्रेरी पर्व कहिले भयो ?
- वि स १९८६
१४६ मकै पव के कारण ले भयो ?
- वि स १९७७ मा मकैको बाली लागाउने तारिक र उपाय हरु संगै राणा शासनको बिरोध( विदेशिलाई स्वागत र स्वदेशिलाई घृणा गर्ने चरित्र) उदगार गरेकाले लेखक कृष्णलाल अधिकारिलाई ६ बर्ष जेल सजाँय सुनाईयो । १००० प्रती छापेको किताब ९९९ राणालाई बुझाएपनी १ प्रती नबुझाउन नसक्दा उनलाई थप ३ बर्ष जेलजिवन सुनाइयो । पछि अधिकारिको वि स १९८० मा कैदी अवस्थामै निधन भयो ।
१४७ राजदरबार हत्याकाण्ड कहिले भयो ?
- वि• सं• २०५८ जेठ १९
१४८ प्रचण्ड गोर्खा पर्व कहिले भयो ?
- वि स १९८८
१४९ गगनसिंहको हत्या कसले गरेका हुन ?
- लाल झा
१५० ३८ सालको पर्बमा संलग्ना कति जना व्याक्तिलाई मृत्यु दण्ड दिएको थियो ?
- २० नेपाल र अङ्ग्रेज बिचभएका युद्दहरु ----------------------------- नालापानी
१५१ कहिले ?
-वि• सं• १८७१ मंसिर १० मा सुरुवात
१५२ नालापानीमा तैनाथ ६०० नेपाली मध्ये ५३० ले विरगती पाएका १५३ कमाण्डर ?
- नेपाली - बलभद्र कुँवर - अङ्ग्रेज - जिलेस्पी देउथल युद्द -------------
१५४ कहिले ?
- वि•सं• १८७२ बैशाख ३
१५५ भक्ती थापा(७१ बर्षे) को विरतको सम्मान गर्दै मृत्यु पश्चात सव स-सम्मान नेपाल पठाइएको ।
१५६ कमाण्डर ?
- नेपाली = भक्ति थापा - अङ्ग्रेज - टमसन जैथक युद्द --------
१५७ कहिले ?
- वि•सं• १८७२ असोज ९
१५८ नेपाल विजयी
१५९ कमाण्डर ? - नेपाली ? - जसपाउ थापा- रणधिर सिंह - अङ्ग्रेज = लाडले जितगढी युद्द ------------
१६० कहिले ? - वि•सं• १८७१
१६१ नेपाल विजयी
१६२ कमाण्डर ?
- नेपाली = उजिरसिंह - अङ्ग्रेज = उड अल्मोडा युद्द ------------
१६३ कहिले ?
- वि•सं• १८७१
१६४ कमाण्डर ? - नेपाली = हस्तिदल शाह - अङ्ग्रेज = गार्डेनर मलाउ युद्द ---------
१६५ कहिले ?
- वि• सं• १८७१ १६५ नेपाल विजयी
१६६ कमाण्डर नेपाली = अ्मरसिंह थापा अङ्ग्रेज = अक्टोरलोनी अन्य केहि --------
१६७ सशस्त्र प्रहरिको स्थापना वि स २०५८ मंसिर ११ गते भएको हो ।
१६८ सुगोली शन्धी हुदाँ नेपालका प्रधानमन्त्री भोमसेन थापा थिए ।
१६९ शहिदगेटको डिजाईनकर्ता शंकरनाथ रिमाल हुन ।
१७० राणाहरुमा सान्नानी भन्नाले धिरशमशेरलाई चिनिन्छ