Oct 05 2026 | २०८३, आश्विन १९ गते

काठमाडौमा असाेज १ गतेबाट  विद्यालय खुल्ने ।

काठमाडौमा असाेज १ गतेबाट  विद्यालय खुल्ने ।

  • 457
    SHARES

  • काठमाडौमा असाेज १ गतेबाट  विद्यालय खुल्ने ।

    काठमाडौं - लामो समय देखि बन्द रहेका बिद्यालय असोज १ गतेबाट खुल्ने भएका छन।  जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज  भएको छलफबाट साे निर्णय भएकाे हाे  ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले स्वास्थ्य मापदण्ड पुर्ण रुपमा लागू हुनेगरी असोज १ गतेबाट  विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

    स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर सरकार ले लागू गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

    छलफलमा जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

    यस अघि आजै शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले बिद्यालय संचालन सम्बन्धि कार्यढाँचा समेत निर्माण गरिसकेको छ ।

     

    images
    सोमवार, भाद्र २१ २०७८०६:२९:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार