Oct 05 2026 | २०८३, आश्विन १९ गते

विद्यालय खोल्न हतार नगरौ : अभिभावक महासंघ

विद्यालय खोल्न हतार नगरौ : अभिभावक महासंघ

  • 408
    SHARES

  • विद्यालय खोल्न हतार नगरौ : अभिभावक महासंघ

    काठमाडौ - राष्ट्रिय अभिभावक महासङ्घले कोभिड - १९ को जोखिम कायम रहेकोले बिद्यालय खोल्न हतार नगर्न आग्रह गरेको छ । कोभिड- १९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको बेला अभिभावक संघ ले यस्तो आग्रह गरेको हो।

    यस अघि काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाउनुभएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो ।

    विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिनुभयो । उहाँले जोखिम भएका स्थानमा अनिवार्यरूपमा विद्यालय खोल्नुपर्ने भन्ने नरहेको स्पष्ट गर्नुभयो ।

    तर राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताउनुभयो ।

    भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ । 

     

    images
    बुधवार, भाद्र २३ २०७८११:४८:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार