Oct 05 2026 | २०८३, आश्विन १९ गते

शिक्षक अस्पताल छिट्टै बनाइने : अर्थमन्त्री शर्मा

शिक्षक अस्पताल छिट्टै बनाइने : अर्थमन्त्री शर्मा

  • 579
    SHARES

  • शिक्षक अस्पताल छिट्टै बनाइने : अर्थमन्त्री शर्मा

    काठमाडौ - शिक्षकहरुको स्वास्थ्य उपचारका लागि सरकारले छुट्टै अस्पताल बनाउने भएको छ। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

    यसका लागि अध्ययन गरिने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताए । शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै उनले त्रिचन्द्र कलेज र घन्टाघरलाई पुरानै तरिकाले पूनर्निर्माण गरिने पनि बताए। त्यसैगरी सर्माले प्रत्येक प्रदेशमा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना समेटेको उल्लेख गरे ।

    संसदमा उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय नक्शांकन गरिने बताए। शिक्षाको गुणस्तरका लागि विस्तृत योजना बनाई कार्यान्वयनमा ल्याइने बताउँदै अर्थमन्त्री शर्माले प्राविधिक शिक्षा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम तय गरिएको बताए। सो अन्तर्गत प्रदेशका केही विद्यालयलाई नमूना विद्यालयका रुपमा सञ्चालन गरिने उनको भनाइ छ।

     

    images
    शुक्रवार, भाद्र २५ २०७८०४:५८:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार