Oct 05 2026 | २०८३, आश्विन १९ गते

दैलेखमा शिक्षकको शव फेला ।

दैलेखमा शिक्षकको शव फेला ।

  • 505
    SHARES

  • दैलेखमा शिक्षकको शव फेला ।

    दैलेख- गुराँस गाउपालिकामा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ। गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयका सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो।

    मंगलबार बिहान विद्यालयमै शिक्षकको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए।

    जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको नेतृत्वमा टोली घटनास्थल पुगेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

    शिक्षक बिसिको गएराति हत्,या गरेको हुन सक्ने अनुमान गरिएको छ। प्रहरी त्यहाँ पुगिसकेको र प्रारम्भिक अनुसन्धान सुरू भएको डिएसपी श्रेष्ठले बताए। आजै उनको शव उठाएर पोस्ट्मार्टमको लागि जिल्ला सदरमुकाम ल्याइने बताए ।

    हाल हत्,याको आसंकामा प्रहरीले दुई जना स्थानीयलाई पनि पक्राउ गरेको छ।

     

    images
    मंगलवार, भाद्र २९ २०७८०३:३९:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार