Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १ देखि १२ सम्म लेटर ग्रेडिङ (अक्षराङ्कन) बिधि कार्यनयन।

कक्षा १ देखि १२ सम्म लेटर ग्रेडिङ (अक्षराङ्कन) बिधि कार्यनयन।

  • 3.0K
    SHARES

  • कक्षा १ देखि १२ सम्म लेटर ग्रेडिङ (अक्षराङ्कन) बिधि कार्यनयन।

    काठमाडौ - सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि १२ सम्म एउटै बिधि अर्थात लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यनयनमा ल्याउने भएको छ ।

    शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते मन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका हुन्।

    निर्देशिकाअनुसार बिद्यालय तहका परिक्षामा न्यूनतम ३५ प्रतिशत (१.६ जीपीए) अर्थात् विषयगतमा डी ग्रेड हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन् ।

    २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको जनाएको छ।

    विद्यालय स्तरको सिकाइ उपलब्धिको मापन गर्न प्राप्तांक स्तरलाई आठ वटा अक्षरगत स्तरमा सूचित गरिएको छ ।

    निर्देशिकाले सर्वाेत्तम (जीपीए ४.०), अत्युत्तम (जीपीए ३.६), उत्कृष्ट (जीपीए ३.२), उत्तम (जीपीए २.८), सन्तोषजनक (जीपीए २.४), ग्राह्य (जीपीए २.०) र आधारभूत (जीपीए १.६) गरी आठवटा अक्षरगत स्तरमा सूचित गरेको छ ।

    विद्यार्थीले माथिल्लो कक्षामा जान लिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनमत अङ्क प्राप्त गरेको हुनुपर्छ । विषयगत रुपमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अर्थात् डी ग्रेड र प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड प्राप्त गरेकै हुनुपर्छ ।

    निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ । त्यसबाट प्राप्त अङ्कलाई ग्रेड सिटमा अक्षर ग्रेडमा रुपान्तरण गरिनेछ ।

    दुई विषयसम्म तोकिएको ग्रेड नल्याएका विद्यार्थीले तीन वर्षसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । यसरी दिएको परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसके अर्को वर्ष सम्पूर्ण विषयको परीक्षा दिनुपर्नेछ ।

    त्यसैगरी निर्देशिकाले विद्यालय तहको पाठ्यघण्टाको समयावधि पनि बढाएको छ । यसअघि ४५ मिनेटको एक घण्टी रहँदै आएकामा नयाँ निर्देशिकाले ६० मिनेटको एक घण्टी बनाएको हो ।

    यद्यपि विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्नसक्ने सुविधा दिएको छ ।FB_IMG_1640528430282.jpgFB_IMG_1640516282352.jpg

    लेटर ग्रेडिङ निर्देशिका, २०७८ र कक्षा ११ को ग्रेडसिटसम्बन्धी सूचना

    http://moecdc.gov.np/images/Grade_Sheet_Notice.pdf

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार