Aug 13 2026 | २०८३, श्रावण २८ गते

कोभिड संक्रमण तीब्र बढ्न थालेपछी उपत्यकामा स्मार्ट लकडाउनसम्बन्धी नयाँ आदेश जारी (सूचनासहित)

कोभिड संक्रमण तीब्र बढ्न थालेपछी उपत्यकामा स्मार्ट लकडाउनसम्बन्धी नयाँ आदेश जारी (सूचनासहित)

  • 550
    SHARES

  • कोभिड संक्रमण तीब्र बढ्न थालेपछी उपत्यकामा स्मार्ट लकडाउनसम्बन्धी नयाँ आदेश जारी (सूचनासहित)

    काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ ।

    कोरोना संक्रमण तिब्र बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।

    मंगलबार मध्यरातिदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । 

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको बताइएको छ। आदेश अनुसार शिक्षण सँस्था बन्द रहने र बैकल्पिक शिक्षण विधि अपनाइ पठनपाठन गर्ने, परिक्षा हरु स्वास्थ्य मापदण्ड अपनाइ सुचारु गर्ने बताइएको छ।

    त्यसैगरी मठ-मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ।

    सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ।

    सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ। मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ।

    लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइनेगरी आदेश जारी गरिएको छ। सम्भव भए एन्टिजेन परीक्षण समेत गराउन भनिएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1642499538328.jpgFB_IMG_1642499540073.jpgFB_IMG_1642499546335.jpg

    images
    मंगलवार, माघ ४ २०७८०३:४५:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार