आइतवार, फाल्गुण १ २०७८
फागुन १, काठमाडौ - नेपाल राहत शिक्षक केन्द्रिय समितिले नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले विगतमा गरेको सम्झौतालाई कार्यन्वयमा नल्याए आक्रमक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेपाल राहत शिक्षक संगठन केन्द्रिय समितिले एक बिज्ञप्ति जारी गर्दै संघर्ष र आन्दोलनको बलमा राहत शिक्षकहरु संग शिक्षा मन्त्रालयले २ पठक गरेका सम्झौता कार्यन्वयमा ल्याउनमा माग गरेको हो ।
समितिले अहिले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय विच अब बन्ने संघीय शिक्षा ऐन मार्फत सम्बोधन गर्नुपर्ने शैक्षिक मुद्दाहरुको विषयमा निर्णायक बार्ता चलिरहेको र कार्यदलमा सहमति भएर औपचारीक रुपमा महासंघ र शिक्षा मन्त्रालय विच हस्ताक्षर हुने तयारी रहेको मा राहत शिक्षकहरुले उठाएका मागहरु प्रति वेवास्ता गरेको भन्दै विज्ञप्ति जारी गरेको बताइएको छ।
बिज्ञतिमा भनिएको छ, 'राहत शिक्षकहरुले उठाएका जायज मागहरुलाई नियोजित ढंगले सम्बोधन नगर्ने गरी मन्त्रालयले तयारी गरिरहेको र सम्झैता अनुसार मागहरुलाई यो वा त्यो बाहानामा डिरेल गर्ने कोशिस भएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गरी सम्झौता अनुसार सहमति कायम गर्न ध्यानाकर्षण गर्दछौ'
नेपाल राहत शिक्षक संगठनको केन्द्रिय अध्यक्ष खेम अधिकारी र महासचिव कुमार बजगाइ द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा बिगतमा मन्त्रालय संव भएको सम्झौताको बुँदा नं. ८ अनुसार सहमति कार्यन्वया नभए आक्रमक ढंगले सडकमा उत्रने बताइएको छ।
