Oct 02 2026 | २०८३, आश्विन १६ गते

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि ४,१५७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि ४,१५७ विद्यालय छनोट

  • 2.5K
    SHARES

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि ४,१५७ विद्यालय छनोट

    फागुन ३, काठमाडौं - राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १सय ५७ विद्यालय छनोटमा परेका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमवार बसेको बैठकले देशभरिका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए जसमध्ये ४ हजार १ सय ५७ विद्यालय छनोट गरेको हो ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागी ४ कोठे भवन ९७६ वटा, २ कोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन २ हजार १०६, प्राविधिक ल्याब ८८ र २१ नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको बताइएको छ।

    मन्त्री पौडेल अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपैयाँ, दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार रुपैयाँ छुट्ट्याइएको जनाइएको छ ।

    त्यसैगरी गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका निम्ति अनुदान १४ विद्यालयलाई ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरोन्नतिका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्ट्याइएको छ ।

    राष्ट्रपति शैक्षिक सुधारका लागि यस बर्ष सात अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्ट्याएको छ ।

    त्यसैगरी विद्यालय छनोट गरी बाँकी निवेदन रहेका पालिकाहरूलाई एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्ट्याइने मन्त्री पौडेलले बताए ।

     

    यस्तो छ बिद्यालय को विवरण

    https://drive.google.com/file/d/1fuoyjW-MfkvsT851FmpA45WlBJK6FRnX/view?usp=drivesdk

    images
    मंगलवार, फाल्गुण ३ २०७८०९:५३:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार