Oct 02 2026 | २०८३, आश्विन १६ गते

नयाँ शैक्षिकसत्र जेठ १ बाट सुरु हुने (सूचना सहित)

नयाँ शैक्षिकसत्र जेठ १ बाट सुरु हुने (सूचना सहित)

  • 1.3K
    SHARES

  • नयाँ शैक्षिकसत्र जेठ १ बाट सुरु हुने (सूचना सहित)

    फागुन ४, काठमाडौ - शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले चैत्र मसान्तसम्म चालू शैक्षिकसत्रको अन्त्य गर्दै नयाँ शैक्षिकशत्र आगामी २०७९ सालको जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयको आज बसेको मन्त्रालयको बैठकले एक सूचना प्रकाशित गर्दै यस्तो निर्णय गरेको हो ।

    मन्त्रालयले कोभिढ -१९ को संक्रमण तिब्र गतिमा फैलिएको कारण माघ महिना भरी बिद्यालय बन्द रहेकोले शैक्षिकसत्र २०७८ को बाँकी रहेको पठनपाठन आगामी चैत मसान्तसम्म सक्ने र वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सम्पुर्ण तहका परीक्षा सम्पन्न गरि नतिजा प्रकाशन गर्ने तथा नयाँ शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखमै गरिसक्ने जनाएको छ।

    त्यसैगरी मन्त्रालयले पाठ्यपुस्तकको व्यवस्थापन समेत वैशाख महिनामै गरिसक्ने निर्णय भएको जनाएको छ। तेस्तै कक्षा ८ को परीक्षा स्थानीय तहले आफ्नो अनुकूल मिलाएर वैशाखमा नै सक्नुपर्ने निर्णय गरेको समेत गरेको छ ।

    यस्तो छ सूचना ।FB_IMG_1645022204907.jpg

     

    images
    बुधवार, फाल्गुण ४ २०७८०५:४८:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार