बिहिवार, फाल्गुण २६ २०७८
फागुन २६, काठमाडौ - यसै बर्षदेखी लागू हुने कक्षा १ देखि १२ सम्म लागू हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ पहिलो संशोधन प्रकाशित भएको छ।
बिद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ को मार्ग निर्देशन बमोजिम विद्यार्थी मुल्यांकन मा लेटर ग्रेडिङको प्रक्रिया निर्धारण गरि बिद्यालय तहको मुल्यांकन र प्रमाणिकरण सान्दर्भिकता, पारदर्शिता, बस्तुनिष्ठता र बिश्वसनियता कायम गर्न बाञ्छनिय भएकोले शिक्षा नियमावली २०५९ को नियम १९२ (ङ) ले दिएको अधिकार प्रयोग गरि शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले यो निर्देशिका तयार गरि लागु गरेको हो।






