आइतवार, फाल्गुण २९ २०७८
फागुन २९, काठमाडौ - मधेस प्रदेश सरकारले बेटि पढाउ, बेटि बचाउ अभियान अन्तर्गत मधेस प्रदेशमा जन्म भएका छोरिहरुको शिक्षा, सुरक्षा र सशक्तीकरणका लागि प्रस्ताव आह्वान गरेको छ।
प्रदेश सरकार शिक्षा बिकास निर्देशनालयले शिक्षा, सुरक्षा र सशक्तीकरणका लागि मुख्यमन्त्री बेटि पढाउ, बेटि बचाउ अभियान कार्यक्रम संचालन कार्यविधि २०७८ अनुसार कार्यक्रम प्रस्थाव गरिएको हो।
२०७८ माघ १ देखि जन्म भएका छोरिहरुलाइ समेटेर यस कार्यक्रम अन्तर्गत दर्ता भएका छोरिहरुको नाम छनोट बैंक, वा बिमा कम्पनी हरुमा खाता खोल्ने र सरकार द्वारा एकमुस्ठ प्रीमियम वा मुद्दती बचत रकम जम्म गरि २० बर्ष पश्चात् सर्त पुगा गरेका छोरिहरुलाइ एकमुष्ट रु ३ लाख उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ।
यस प्रयोजनका लागि सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र नेपाल राष्ट्र बैंक बाट 'क' बर्गको बैक वा जिवनबिमा कम्पनिहरुको दर्ता नविकरण गरिएको कागजात र आ.व. २०७७/७८ को कर चुक्ता प्रमाणपत्र पेश गर्न अनुरोध समेत गरेको छ।
