शुक्रवार, चैत्र ४ २०७८
चैत्र ४, काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामि जेठ १६ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि भौतिक विद्यार्थीहरुको उपस्थितिमा संचालन गर्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार जेठ १६ गते देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए। उनले परिक्षा तालिका सहित थप विवरण राष्ट्रिय परिक्षा बोर्डको वेबसाइटमा राख्ने समेत बताए।
बोर्डले अनलाइन माध्यममार्फत प्रश्नपत्र परीक्षा केन्द्रमा पठाउने कार्यको थालनी गएको परीक्षाबाट सुरु गरिएकोले यसपटक पनि अनलाइन माध्यमबाट नै प्रश्नपत्र पठाउने भएको छ । यो संगै कक्षा १२ को परीक्षा सम्बन्धमा अन्यौलता हटेको छ।
यस्तो छ परिक्षा तालिका


