मंगलवार, चैत्र १५ २०७८
चैत्र /१५, काठमाडौ - लुम्बिनी बिश्वबिद्धालयद्वारा सहायक प्राध्यापक पदको लागि दर्खास्त आह्वान गरेको छ। बिश्वबिद्धालयले मानविकी तथा सामाजिक शात्र संकाय संकायकालागि दर्खास्त आह्वान गरेको हो।
दर्खास्त दिन मिति २०७८ चैत्र २७ सम्म नियमित र चैत्र ३० गते सम्म दोब्बर दस्तुर सहित निमेदन पेस गर्न सकिने जनाएको छ। सुचना अनुसार परीक्षा लिखित, अन्तर्वार्ता र कक्षा अवलोकन गरि काममा राखिने बताइएको छ।
परिक्षाको पाठ्यक्रम सम्बन्धित बिषय र बौद्ध दर्शनमा आधारित हुने जनाइएको छ। दर्खास्त फारम भर्न इच्छुक उमेदवारले बिश्वबिद्धालयको वेबसाईट www.career.lbu.edu.np मार्फत बुझाउन सकिने छ।
बिश्वबिद्धालयले एक बर्ष करास सेवामा काम गर्ने र त्यसपछी कार्य सम्पादन का आधारमा थप गर्न सकिने जनाएको छ।
बिस्तृत जानकारीका लागि हेर्नुस् सूचना ।

