बिहिवार, चैत्र १७ २०७८
चैत/१७, काठमाडौ - नेपाली सेना श्री भर्ना छनोट निर्देशनालयले ४ हजार को संख्यामा सैन्य पदको दर्खास्त आह्वान गरेको छ। जंगी अड्डा श्री भर्ना छनोट निर्देशनालय कार्यरथी बिभागले नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा दर्खास्त आह्वान गरेको हो।
नेपाली सेना जंगि अड्डाले रिक्त रहेका पदहरुमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पद पुर्ती गर्न इच्छुक नेपाली नागरिक स्वयं उपस्थित भइ दर्खास्त दिन सक्ने जनाइएको छ।
दर्खास्त फारम भर्नकोलागी मिति २०७८ चैत १७ देखि २०७९ बैशाख १६ गते सम्म नियमित र बैशाख १७ देखि २३ गते सम्म दोब्बर दस्तुरमा सम्बन्धित भर्ना केन्द्र बाट नै फारम भर्न सकिने जनाएको छ।
शारीरिक तन्दुरुस्तीका पागी न्युनतम ५ फिट ३ इन्च उचाइ, छाती नफुलाउदा ३२ इन्च र फुलाउदा ३४ इन्च न्युनतम ५० किलो तौल पुरुस र ५ फिट ० इन्च महिला न्युनतम ४० किलो तौल महिला हुनुपर्ने छ।
२०७९ बैशाख १ सम्म १८ बर्ष पूरा भइ २२ बर्ष ननाघेको र बाहलबाला उमेदवार २६ बर्ष ननाघेको हुनुपर्ने छ भने नयाँ भर्ती हुने सैन्य पदका उमेदवारहरुअबिबाहीत हुनुपर्ने जनाएको छ।
परिक्षा २०७९ जेठ ५ गते १३ बजे दर्खास्त पेश गरेको केन्द्रमै हुनेछ।

