मंगलवार, चैत्र २२ २०७८
चैत/२२, काठमाडौ - शैक्षिकसत्र २०७९ को लागि सैनिक आवासीय महाबिद्यालयमा भर्ना खुलेको छ। सैनिक आवासीय महाबिद्यालय अन्तर्गत देश भरका विभिन्न शिक्षण संस्थामा भर्ना खुलेको हो।
महाबिद्यालय अन्तर्गत भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन र बर्दिवासका लागि कक्षा ६, बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाबिद्यालयका लागि कक्षा १ देखि ३ तथा रिपुमर्दिनी सैनिक माध्यमिक बिद्यालयका लागि कक्षा १ एबं श्वेततारा मण्टेष्वोरी सैनिक बिद्यालयका लागि पुर्व प्राथमिक तहमा भर्नाका लागि दर्खास्त आह्वान गरेको जनाएको छ।
पुर्ण अंग्रेजी माध्यमबाट अध्यायन, अध्यापन गराउन इच्छुक नेपाली शेनाका सकलदर्जा (बाहालवाला, भुपु सैनिक तथा गैरसैनिक) ब्यक्तिका छोराछोरीहरुले भर्ना गर्न पाउने जनाइएको छ।
भर्नाकालागी मिति २०७८ चैत २२ देखि २०७९ बैशाख ७ गते बिहान १०:०० बजे देखि ४:०० बजे सम्म प्रवेश परीक्षा फारम भर्न सपरिक्षा भने मिति २०७९ बैशाख ९ गते शुक्रबार दिउँसो १ देखि ४ बजे सम्म प्रवेश पत्र बितरण हुने जनाएको छ। त्यसैगरी २०७९ बैशाख १० गते शनिवार दिउँसो १ बजे लिखित परिक्षा हुनेछ।
