बुधवार, चैत्र ३० २०७८
चैत, ३० / काठमाडौ - शिक्षक सेवा आयोग द्वारा माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन २०७८ खुला गरेको छ।
आयोगको २०७८ चैत २९ को निर्णय अनुसार आयोगको नियमावली २०७५ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्युनतम योग्यता र तालिम पुगेका उमेदवार हरुले २०७८ चैत ३० गते देखि अनलाइन प्रणाली बाट दर्खास्त दिन सक्ने जनाएको छ।
उमेदवार हरुले आयोगको अनलाइ दर्खास्त प्रणाली http://licence.tsc.gov.np मार्फत तोकिएको प्रमाणपत्र र विवरणहरु स्क्यान गरि २०७९ बैशाख २९ गते सम्म दर्खास्त पेश गर्म सक्ने जनाइएको छ। भने दोब्बर दस्तुरका लागि २०७९ जेठ ५ गते भित्र दर्खास्त पेश गर्नु पर्ने छ।
बिज्ञापन को बिस्तृत विवरण आयोगको वेबसाईट www.tsc.gov.np मा डाउनलोद गरि हेर्म सकिने छ।


